दैनिक समाचारदाता
राजविराज, २५ असार ।
सप्तरी प्रहरीले पछिल्लो पटक घरेलु मदिरा विक्री वितरणमा कडाई गर्नुका साथै सो मदिरा नष्ट समेत गरेको छ ।
जिल्लाको सुरुङ्गा नगरपालिकाको विभिन्न वडामा बिहीबार छापा मारेर ठुलो परिमाणमा मदिरा बरामद गरी नष्ट गरिएको हो ।
गोप्य सुचनाको आधारमा खटेको प्रहरीको टोलीले सो नगरपालिकाको वडा नं.४, ५ र ७ लगायतका स्थानबाट १ हजार २ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट गरेका हो । सो क्रममा ४ वटा भट्टी पसल भत्काउनुका साथै ८ सय लिटर कच्च पदार्थ तथा मदिरा बनाउने ५ थान मेसिन समेत नियन्त्रणमा लिई नष्ट गरिएको प्रहरी उपरिक्षक कृष्ण प्रसाईले बताए ।
यस्तै बुधवार पनि प्रहरीले जिल्लाको डाक्नेश्वरी नगरपालिका १ बलाटी चौकमा अबैधरुपमा संचालन हुदै आएको एक अबैध घरेलु मदिरा उत्पादन भट्टी भत्काएको थियो । उक्त भट्टी पसलबाट पनि प्रहरीले १ हजार ३ सय लिटर तयारी मदिरा तथा १५ थान भाडाकुडा नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पुरा गरी नष्ट गरेको थियो ।
अपराधिक घट्ना नियन्त्रणका लागी विभिन्न गतिविधी संचालन गरेको प्रहरीले झै झगडा, घरेलु हिंसा, चोरी लगायतका आपराधिक घट्ना न्युनिकरणका लागी घरेलु मदिरा विक्री वितरणमा कडाई गरेको हो ।
प्रहरीद्वारा ठूलो परिमाणमा मदिरा नष्ट
सारांश
- जिल्लाको सुरुङ्गा नगरपालिकाको विभिन्न वडामा बिहीबार छापा मारेर ठुलो परिमाणमा मदिरा बरामद गरी नष्ट गरिएको हो ।
- गोप्य सुचनाको आधारमा खटेको प्रहरीको टोलीले सो नगरपालिकाको वडा नं.
- ४, ५ र ७ लगायतका स्थानबाट १ हजार २ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट गरेका हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया