सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा

राजविराज राजविराज
|
आइतबार, भाद्र १४, २०७७
|
|
२७ पटक हेरिएको
Shares
सर्वोच्चको आदेशमा सप्तरी जिल्ला अदालतबाट चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह रिहा

सारांश

  •     सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट जारि हुँदा थुनामा रहेका सम्बन्धीत जिल्लाको न्यायाधिशको रोहबरमा थुना मुक्त गर्नु भनी आदेश भएअनुसार भुजले र पौडेललाई सप्तरी जिल्ला अदालतका न्ययाधिश चन्द्रमणी दवाडी र सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष डोमन साहको रोहबरमा रिहा भएका हुन् ।
  •       उनीहरु रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीका साथ अदालत बाहिर ठूलो संख्यामा प्रहरी पुगेका थिए ।
  • तर, कानुन व्यवसायीहरुको सहयोगमा भुजेल र पौडेललाई अदालतको पछाडी पटीको गेटबाट सुरक्षित निकालेर आफन्तको जिम्मा लगाइएको सप्तरीका बार एशोसिएशनका अध्यक्ष डोमन साहले बताए ।

दैनिक समाचारदाता
राजविराज, १४ भदौं । 
    नेत्रविक्रम चन्द समूहकी नेतृ उमा भुजेल र सुमन सिंह पौडेललाई सर्वोच्च अदालतको आदेशमा आइतबार जिल्ला अदालत सप्तरीले रिहा गरेको छ । 
    सर्वोच्च अदालतबाट बन्दी प्रत्यक्षीकरणको रिट जारि हुँदा थुनामा रहेका सम्बन्धीत जिल्लाको न्यायाधिशको रोहबरमा थुना मुक्त गर्नु भनी आदेश भएअनुसार भुजले र पौडेललाई सप्तरी जिल्ला अदालतका न्ययाधिश चन्द्रमणी दवाडी र सप्तरी जिल्ला बार एशोसिएशनका अध्यक्ष डोमन साहको रोहबरमा रिहा भएका हुन् । 
    उनीहरु रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीका साथ अदालत बाहिर ठूलो संख्यामा प्रहरी पुगेका थिए । तर, कानुन व्यवसायीहरुको सहयोगमा भुजेल र पौडेललाई अदालतको पछाडी पटीको गेटबाट सुरक्षित निकालेर आफन्तको जिम्मा लगाइएको सप्तरीका बार एशोसिएशनका अध्यक्ष डोमन साहले बताए । 
    यसअघि सुनसरी जिल्लामा भुजेल र पौडेलमाथी राज्य बिरुद्धको कसुर, विस्फोटक पदार्थ र संगठित अपराध निवारण ऐन अन्तरगत मुद्दा चलाइएको थियो । गत बुधबार उनीहरुलाई सुनसरीबाट पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सप्तरी ल्याइएको थियो ।
         उक्त मुद्दामा सुनसरी जिल्ला अदालतले साधारण तारेखमा छोड्ने आदेश दिएको थियो । अदालत परिसरबाट बाहिरिए लगत्तै सुनसरी प्रहरीले पक्राउ गरि सप्तरी प्रहरीलाई बुझाएको थियो । दुबै जनालाई सप्तरी जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई आवश्यक अनुसन्धान थालिएको थियो । उनी दुबै माथी इलाका प्रहरी कार्यालय कंचनपुरले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६९ जना छात्रालाई साईकल वितरण
६९ जना छात्रालाई साईकल वितरण
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
सप्तरीमा एकैदिन २७ जना कोरोना पोजेटिभ, तिलाठी कोइलाडीका एकै वाडका २५ जना संक्रमित
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
आम हड्तालको पूर्व सन्ध्यामा मसाल जुलुस
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
हरवा चरवाहरुको पुर्नस्थापनाका  लागि मापदण्ड तयार पार्न सुझाव
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु,  हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
अपहरित बालकको भारतबाट प्रहरीले ग¥यो सकुशल उद्दार, अपहरणमा संलग्न रहेको आशंकामा तीन जना प्रहरी नियन्त्रणमा
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
प्रहरीले घरमा खानतलासी गर्न खोज्दा झडप तीन राउण्ड हवाई फायर, तीन प्रहरी घाइते
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
चार लाख १८ हजार ३ सय ७४ सप्तरीका मतदाताले मतदान गर्दै 
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको  महत्वपूर्ण भूमिका छ ः मन्त्री साह
राजनैतिक परिवर्तनमा गैर सहकारी संस्थाहरुको महत्वपूर्ण भूमिका छ ः मन्त्री साह