भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु

राजविराज राजविराज
|
सोमबार, भाद्र २२, २०७७
|
|
२३ पटक हेरिएको
Shares
भारतीय यूवाहरुको आक्रमणबाट नेपाली किसानको मृत्यु

सारांश

  •     सप्तरीको डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५५ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
  •       गत भदौं ६ गते ५÷६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाइबस्तु ल्याएर चराउन थालेको विषयमा उनलाई कुटपिट गरेको थिए ।
  • भारतीय पशुचौपायाले आफ्नो खेतमा लगाएको धानबाली नष्ट गर्न थालेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले ती युवाहरुलाई गाली गरेपछि उनीहरुले बाबु छोरालाई बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेका थिए ।

दैनिक समाचारदाता
राजविराज, २२ भदौं ।
    भारतीय यूवाहरुको कुटाईबाट गम्भिर घाइते भएका एक नेपाली किसानको उपचारका क्रममा सोमबार मृत्यु भएको छ । 
    सप्तरीको डाक्नेश्वरी नगपालिका ६ कटैया निवासी ५५ वर्षिय रामदेव यादवको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 
    गत भदौं ६ गते ५÷६ जनाको समूहमा रहेका भारतीय युवाहरुले नेपालतर्फको धान खेतमा गाइबस्तु ल्याएर चराउन थालेको विषयमा उनलाई कुटपिट गरेको थिए । भारतीय पशुचौपायाले आफ्नो खेतमा लगाएको धानबाली नष्ट गर्न थालेपछि यादव र उनका २७ वर्षिय छोरा ललनले ती युवाहरुलाई गाली गरेपछि उनीहरुले बाबु छोरालाई बाँसको लाठी तथा घरेलु हतियारले आक्रमण गरेका थिए ।
    सो आक्रमणबाट गम्भिर अवस्थामा रामदेवलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा सोमबार बिहान उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    कुटपिटमा संलग्न भारत बिहार राज्यको लौकही जिल्ला करिऔत ग्रामपञ्चायत निवासी ३६ वर्षिय प्रदीप यादवलाई घटनाकै दिन पक्राउ गरि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ । यता अन्य फरार रहेकाहरुको भारतीय सुरक्षा अधिकारीको समन्वयमा खोजि कार्य जारि रहेको इलाका प्रहरी कार्यालय पातोका इन्चार्ज नवीनकुमार झाले जानकारी दिएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
नापी अधिकृत र वडा अध्यक्षको मिलोमतोमा नम्बरी  जग्गालाई सार्वजनिक बाटो कायम गरेको आरोप
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
हात्तिले घर भत्काउँदा तामाङ परिवार विचल्लीमा
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
कोरोना रोकथाममा सरकार गम्भीर नभएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापन
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
सरकारबिरुद्ध काँग्रेसको प्रदर्शन
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
राजनीति बिना विकास र मधेशको परिवर्तन सम्भव छैन् ः डा. सीके राउत
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
समितिको पहिलो बैठक सम्पन्न 
समितिको पहिलो बैठक सम्पन्न 
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
हत्यामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै पुनः राजमार्ग अवरुद्ध
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित
पटक पटक घोषणा गरेको सेवा सुविधाबाट बञ्चित रहेको भन्दै बालविकासकर्मी आन्दोलित

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह