संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन

राजविराज राजविराज
|
आइतबार, आश्विन ४, २०७७
|
|
२७ पटक हेरिएको
Shares
संविधान संशोधन तथा सांसद चौधरीको रिहाईको मागसहित प्रदर्शन

सारांश

  •     असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मनाइरहँदा जसपाले यस दिनलाई विगत पाँच वर्षदेखी बिरोध दिवसको रुपमा मनाउँदै आएको छ ।
  •       जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा जनता समाजवादी पार्टी तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा आयोजना गरेको थियो ।
  •       आयोजित विरोधसभामा जनता समाजवादी पार्टीका नेताहरुहरुले वर्तमान संविधान आदिवासी÷जनजाती, मुस्लिम, थारु, मधेशी, सीमान्तकृत लगायतका वर्गका लागि विभेदपूर्ण रहेको बताउँदै त्यसमा संशोधन नभएसम्म आफुहरुले संविधान दिवसलाई कालो दिवस र कालो दिनका रुपमा मनाइरहने चेतावनी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३ असोज । 
    जनता समाजवादी पार्टीले संविधान संशोधन तथा सांसद रेशम चौधरीको रिहाईको मागसहित शनिवार सप्तरीमा प्रदर्शन गरेको छ । 
    असोज ३ गतेलाई सरकारले संविधान दिवसको रुपमा मनाइरहँदा जसपाले यस दिनलाई विगत पाँच वर्षदेखी बिरोध दिवसको रुपमा मनाउँदै आएको छ ।  
    जिल्लाको खडक नगरपालिकास्थित कल्याणपुर बजारमा जनता समाजवादी पार्टी तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाले संयुक्त रुपमा आयोजना गरेको थियो । 
    आयोजित विरोधसभामा जनता समाजवादी पार्टीका नेताहरुहरुले वर्तमान संविधान आदिवासी÷जनजाती, मुस्लिम, थारु, मधेशी, सीमान्तकृत लगायतका वर्गका लागि विभेदपूर्ण रहेको बताउँदै त्यसमा संशोधन नभएसम्म आफुहरुले संविधान दिवसलाई कालो दिवस र कालो दिनका रुपमा मनाइरहने चेतावनी दिएका छन् । 
    पार्टीका केन्द्रीय नेता एवम् राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादवले अत्याधिक बहुमत ल्याएर विजयी भएका सांसद रेशमलाल चौधरीलाई जेल राखेर सरकारले जनमतको उपहास गरेको बताउँदै उनको रिहाईको समेत माग गरे ।
    यस्तै थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सहसंयोजक श्रवण थारुले सांसद चौधरीको रिहाई र संविधान संशोधन नगरिए थप सशक्त आन्दोलन चर्काउने चेतावनी दिए । 
सोही बिरोध सभामा जसपाकी नेतृ तथा प्रतिनिधि सभा सदस्य रेणु यादवले संविधानमा विभेदकारी प्रावधानहरु राखिएको भन्दै त्यस्ता संविधान कुनै पनि हालतमा स्वीकार्य नहुने बताईन । 
    यसैगरी राजविराजमा आयोजित विरोध सभाका सहभागि नेताहरुले पनि संविधान संशोधन नगरेसम्म मधेशीले त्यसमा अपनत्व नलिने चेतावनी दिएका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन
वडाध्यक्षहरुले तिन दिने अल्टिमेटमसहित कावा नगरप्रमुखलाई बुझाए ज्ञापन
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
ग्लोबल सहकारीबाट ११ करोड भन्दा बढी  रकम फिर्ता माग्दै बचतकर्ताहरुद्वारा प्रर्दशन
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
शिक्षाको माध्यमबाट सामाजिक रुपान्तरण सम्भव ः मन्त्री साह
हावाहुरीमा ज्यान गुमाएका परिवारलाई  एन प्याबसनद्वारा आर्थिक सहयोग 
हावाहुरीमा ज्यान गुमाएका परिवारलाई  एन प्याबसनद्वारा आर्थिक सहयोग 
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
भजन किर्तन गर्दै कारागारमा पनि विवाह पञ्चमी उत्सव
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
लोसपाले सदस्यता बितरणलाई निरन्तरता दिँदै
राजविराज उच्च अदालत बार एशोसिएशनमा लोकतान्त्रिक समूहको वर्चश्व
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
हिंसामुक्त समाज निर्माणको लागि सबैको  साझा प्रयास आवश्यक ः गृहमन्त्री लेखी
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको  स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर