राजविराज÷मधेशको लाइफ लाइने मानिने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ ।
हुलाकी सडक निर्माणका क्रममा अतिक्रमित संरचना आफै हटाउन स्थानीय प्रशासन र स्थानीय तहले समेत सार्वजनिक सूचना मार्फत सहयोगका लागि सबैसँग अनुरोध गरेको छ ।
हुलाकी राजमार्ग योजना कार्यालय इटहरीले हुलाकी सडकको दायाँ÷बायाँ १५÷१५ मिटर भित्र बनाइएका राजविराज नगर क्षेत्रका भौतिक संरचनाहरु डोजर लगाएर शनिबारदेखी भत्काउन शुरु गरेको हो ।
राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सप्तरी जिल्ला अदालत लगायतका कार्यालयको कम्पाउण्ड वाल भत्काइएको छ ।
हुलाकी राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिएपनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल र आपसी सहमतिको माध्यमबाट निकास दिने काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले बताए ।
हुलाकी राजमार्ग अन्तर्गत हालसम्म १५ कि.मि. सडकमा पहिलो लेयरको कालोपत्रे गर्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।
सप्तरी जिल्लामा कञ्चनपुरदेखि राजविराजसम्म एउटा र राजविराजदेखि बलान विहुलसम्म अर्को खण्ड गरी दुई वटा योजना अन्तरगत ४६ कि.मि. सडक खण्डमा कुल २२ वटा पुल निर्माण गर्नुपर्नेमा हालसम्म ६ वटा सम्पन्न भइसकेको छ भने बाँकी १६ वटा पुल निर्माणकै क्रममा रहेको उनले जानकारी दिए ।
दुवै योजना गरी झण्डै २ अर्बमा निर्माण हुने सप्तरी खण्डको निर्माण कार्यको जिम्मा रौता, श्रेष्ठ र दिवा कन्स्ट्रशनले पाएको छ । २०७८ बैशाखसम्म हुलाकी सडकको सप्तरी खण्डमा काम पुरा गरिसक्ने लक्ष्य रहेपनि कतै अवरोध र कतै कानूनी लडाईको समस्यासँगसँगै कोरोना महामारीले पनि ढिलाई भएको बताउँदै आयोजनाका इन्जिनियर कर्णले २०७८ को शुरुवातमा सम्भव नभएपनि २०७८ को अन्त्यसम्मा भने निर्माण कार्य सम्पन्न गरिसक्ने दावी गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले जिल्लाको समग्र विकासका लागि प्रत्यक्ष प्रभाव पार्ने हुलाकी सडकलाई समयमै सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताएका छन् । यता अतिक्रमण हटेलगत्ते सडक सम्याउने, सरसफाई गर्ने र सवारी व्यवस्थापन मिलाएर अस्तव्यस्त आवागमन सहज बनाउने राजविराज नगरपालिकाको तयारी छ ।
हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइदै
सारांश
- राजविराज नगर क्षेत्रको राम मन्दिर, हुलाक कार्यालय, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, सप्तरी जिल्ला अदालत लगायतका कार्यालयको कम्पाउण्ड वाल भत्काइएको छ ।
- हुलाकी राजमार्ग निर्माणका क्रममा सिरहा रोडमा केही समस्या देखिएपनि त्यसलाई स्थानीय जनप्रतिनिधि, प्रशासन र सम्बन्धित पक्षबीच छलफल र आपसी सहमतिको माध्यमबाट निकास दिने काम भइरहेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर आशुतोष कर्णले बताए ।
- हुलाकी राजमार्ग अन्तर्गत हालसम्म १५ कि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया