दैनिक समाचारदाता
राजविराज, २२ मंसिर ।
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी सोमबार राजविराजमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्न अत्यावश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए ।
जेष्ठ नागरिक चन्द्रशेखर साफीको अध्यक्षतामा भएको कार्यक्रममा समग्र जनउत्थान केन्द्रकी सहजकर्ता सुष्मा गुप्ता, क्रेस नेपालका अध्यक्ष उपेन्द्र साह, स्थानीय शत्रुघ्न साह, युवा सञ्जालकी संयोजक सुनीता साह, हुर्क नेपालकी कार्यक्रम संयोजक रिया राय सञ्चेतीलगायतले महिला हिंसा न्युनिकरण बारे सुझाव दिएका थिए ।
लैङ्गिक हिंसा न्यूनिकरण सम्बन्धी अभिमुखिकरण
सारांश
- लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिको आयोजना र समग्र जनउत्थान केन्द्रको संयोजनमा राजविराज नगरपालिका–६ पूर्णी पोखरीस्थित बहिरा बालक स्कूलमा अभिमुखिकरण कार्यक्रम भएको हो ।
- कार्यक्रममा मूल समारोह समितिका संयोजक मनोहर पोखरेलले लैङ्गिक हिंसाबाट पीडितले न्याय प्राप्त गरेको अनुभूति गर्न र आत्मसम्मानका साथ मानव अधिकारको सुनिश्चितता भएको महशुस गर्न अत्यावश्यक रहेको बताए ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले पीडकलाई दण्ड सजाय र पीडितको चाहनाअनुरूपको न्याय प्राप्त गरेको अनुभूति गर्ने वातावरण सृजना गर्न प्रहरीले भूमिका खेल्दै आएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया