त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 

राजविराज राजविराज
|
सोमबार, पौष २, २०७५
|
|
३६ पटक हेरिएको
Shares
त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समितिको अध्यक्षमा उमेश 

सारांश

  •     उनले शिवनरायण यादवलाई पराजित गरेका हुन् ।
  • अध्यक्ष यादवले ७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शिवनारायण यादवले ३ मत प्राप्त गरे ।
  •     सोही निर्वाचनबाट उसभापतिमा सुरेश कुमार साह निर्वाचित भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १ पुस ।
    त्रिवि प्राध्यापक संघ मविव क्याम्पस इकाई समिति राजविराजको आइतबार सम्पन्न निर्वाचनबाट सभापति पदमा उमेश कुमार यादव (भौतिक शास्त्र) निर्वाचित भएका छन् । 
    उनले शिवनरायण यादवलाई पराजित गरेका हुन् । अध्यक्ष यादवले ७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी शिवनारायण यादवले ३ मत प्राप्त गरे ।
    सोही निर्वाचनबाट उसभापतिमा सुरेश कुमार साह निर्वाचित भएका छन् । उनले ७ तथा उनका प्रतिद्वन्द्वी शिवेन्द्र बहादुर सिंहले ४ मत प्राप्त गरे । त्यस्तै सचिव पदमा उमेश प्रसाद यादव (रसायन शास्त्र) ले ७ मत प्राप्त गरि निर्वाचित भए । उनका प्रतिद्वन्द्वी रामअशिष यादवले ४ मत प्राप्त गरे । यसैगरि सहसचिवमा मानवकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी सर्वसम्मतिबाट चयन भएका छन् । 
    यस्तै सदस्यहरुमा पराजित भएका शिवनारायण यादव, शिवेन्द्र बहादुर सिंह, रामअशिष यादवलगायत सुमन प्रसाद सिंह, महानन्द झा, राजिव कुमार मिश्र सदस्यमा चयन भएको निर्वाचन समितिका सदस्य सुरेन्द्र प्रसाद गुप्ताले जानकारी दिए । 
    एकल संक्रमणिय पद्दतीद्वारा मंसिर २१ गते सम्पन्न निर्वाचनले ११ सदस्यीय पदाधिकारी चयन गरेसँगै सोही सदस्यहरुबीच आइतबार अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष तथा सदस्यहरुका लागि निर्वाचन सम्पन्न भएको निर्वाचन समितिका सदस्य गुप्ताले बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
छिन्नमस्ता गाउँपालिकाद्वारा सशस्त्र प्रहरीको मेस भवन निर्माण
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
सप्ताहब्यापी सरसफाई अभियान सुरु
सप्ताहब्यापी सरसफाई अभियान सुरु
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
उपसभामुख देवद्वारा श्रद्धाञ्जली
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
पाँच महिनादेखी तलब नपाएको भन्दै  पालिकामा शिक्षक र कर्मचारीद्वारा तालाबन्दी
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
सुरुङ्गामा डुबेर एक वृद्धको मृत्यु
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
आगलागिले एक दर्जन भन्दा बढी घर खरानी, लाखौंको क्षति, ९ चैपाया मरे
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
सन्दर्भ ः विश्व वातावरण दिवस, जलवायु परिवर्तनको चुनौति र हाम्रो दायित्व
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
चित्रगुप्त सेवा समितिका नवनिर्वाचित पदाधिकारीद्वारा सपथ एवं पदभार ग्रहण
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र
ठेकेदार नै भागेपछी इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ जना भारतीय मजदुर अलपत्र