दैनिक समाचारदाता
राजविराज, १३ जेठ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ स्थित बनरझुलाकी अनिता देवी रायको हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको हत्या आरोपमा छिमेकी ३० वर्षिय बब्लु राय पक्राउ परेको प्रहरीले जनाएको छ ।
अनिताका पति विरेन्द्रको जाहेरीको आधारमा छिमेकी बब्लुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एवं प्रबक्ता डम्बरबहादुर पुरीले जानकारी दिए ।
पक्राउ परेका रायमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरि पक्राउ परेको मितिबाट लागू हुने गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
घटना विवरण अनुसार अनिता बैशाख २३ गतेदेखी हराइरहेको थिइन् । उनको शव एक सातापछी सोही स्थानको ९ किलोमिटर भन्ने स्थानमा रहेको कोशी नदीको स्परमा फेला परेको थियो ।
अनिताको शव अर्धनग्न तथा सडेगलेको अवस्थामा फेला परेको थियो । उनले लगाएको साडीले हात खुट्टा बाँधिएको, निजका पतिले प्रयोग गर्ने भेष्टमा गह्रौं ढुङ्गा हालेर घाँटीमा बाँधिएको अवस्थामा शव फेला परेकाले हत्या गरी शव लुकाउने प्रयास भएको प्रहरीले आशंका गरेको थियो ।
अनिताका श्रीमान् बिरेन्द्र विगत दुई बर्षदेखि रोजगारीका सिलसिलामा विदेशमा थिए । घटनाको खबर पाएपछी उनी नेपाल फर्किएका हुन् ।
अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
सारांश
- स्थानीय छोटु भनिने विरेन्द्र रायकी ३२ वर्षिया पत्नी अनिता देवी रायको हत्या आरोपमा छिमेकी ३० वर्षिय बब्लु राय पक्राउ परेको प्रहरीले जनाएको छ ।
- अनिताका पति विरेन्द्रको जाहेरीको आधारमा छिमेकी बब्लुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक एवं प्रबक्ता डम्बरबहादुर पुरीले जानकारी दिए ।
- पक्राउ परेका रायमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गरि पक्राउ परेको मितिबाट लागू हुने गरि सप्तरी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद लिई अनुसन्धान अगाडि बढाइएको उनले बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया