राजविराज÷जनता समाजवादी पार्टी नेपाल सप्तरीले प्रतिनिधिसभा विघटनको बिरुद्धमा विगत पाँच दिनदेखी राजविराजमा निरन्तर प्रदर्शन गर्दै आइरहेको छ ।
अघिल्लो दिन शुक्रबार जसपाले प्रधानमन्त्री र राष्ट्रपतिको पुतला दहन गरेर आन्दोलनलाई निरन्तरता दिँदै आएको हो ।
यसैक्रममा जसपाले शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंबैधानिक भन्दै मसाल जुलुस प्रदर्शन गरेको छ । सो प्रदर्शनका क्रममा असंबैधानिक कदम फिर्ता लिन माग गरिएको छ ।
स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
मसाल जुलुसको अघिपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए । यद्दपी बिरोध कार्यक्रममा सुरक्षानिकायबाट कुनै हस्तक्षेप भने गरिएन् ।
मसाल जुलुसपछि स्थानिय नेता चौकमा आयोजित बिरोधसभालाई सम्बोधन गर्दै महिला नेतृ पुनम यादव, गिता यादव, रमिला साह, विद्यार्थी संघका केन्द्रिय अध्यक्ष किशोर यादव, यूवा सुधिर यादव, महेश यादव, लगायतका नेताहरुले प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले संविधान र प्रणालीमाथी नै प्रहार गरेको भन्दै अविलम्ब उक्त असंबैधानिक कदम फिर्ता लिन माग गरेका थिए । उनीहरुले असंबैधानिक कदम फिर्ता नभएसम्म चरणबद्ध रुपमा बिरोधका कार्यक्रम जारि रहने उद्घोष समेत गरे ।
प्रतिनिधिसभा विघटन बिरुद्ध जसपाद्वारा मसाल जुलुस प्रदर्शन
सारांश
- स्थानिय शिवमन्दिर प्राङणबाट मसाल जुलुससशित निस्केका जसपाका नेता कार्यकर्ताले प्रधानमन्त्री र राष्ट्रपति बिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका छन् ।
- मसाल जुलुसको अघिपछि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका थिए ।
- यद्दपी बिरोध कार्यक्रममा सुरक्षानिकायबाट कुनै हस्तक्षेप भने गरिएन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया