दैनिक समाचारदाता
राजविराज, २ माघ ।
कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत सप्तरी समुदायिक विकास केन्द्र नेपाल राजविराजले शुक्रबार सप्तरीको दुई स्वास्थ्य चौकीमा पानी शुद्धा गर्ने फिल्टर प्लान्ट हस्तान्तरण गरेको छ ।
युनिसेफ र एनसीभीको आर्थिक सहयोगमा सप्तरी सामुदायिक केन्द्र नेपालद्वारा सञ्चालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत जिल्लाको रुपनी गाउँपालिका वडा नं. ६ स्थित तेरहौता तथा शम्भुनाथ नगरपालिका ८ स्थित भंगहा स्वास्थ्य चौकीमा सो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो ।
क्वारेन्टाइन र आइसोलेशन तथा स्वास्थ्य उपचार केन्द्रहरूमा खानेपानी, सरसफाई, स्वच्छता व्यवस्थापन, पुर्वाधार मर्मत सम्भार तथा नयाँ निर्माण र पानी शुद्धिकरणका लागि फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
सो अवसरमा भंगहा स्वास्थ्य चौकीका प्रमुख, रुपनी गाउँपालिका अध्यक्ष हरेराम यादव र प्रमुख प्रशासकिय अधिकृत रेनुका साह, वडा अध्यक्ष लक्ष्मिकान्त चौधरी, एनसीभी नेपालका अध्यक्ष गौतम यादव, कार्यक्रम व्यवस्थापक सागर शाही, प्रदेश संयोजक बिभुषण कार्की, इन्जिनियर हेम नारायण अर्याल, संस्थाका वित्तिय तथा प्रशासन अधिकृत इमरान अलि, टिम लिडर देव बिलाश यादव लगायतको सहभागिता रहेको थियो ।
दुई स्वास्थ्य चौकीमा पानी शुद्ध गर्ने फिल्टर प्लान्ट हस्तान्तरण
सारांश
- युनिसेफ र एनसीभीको आर्थिक सहयोगमा सप्तरी सामुदायिक केन्द्र नेपालद्वारा सञ्चालित कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत जिल्लाको रुपनी गाउँपालिका वडा नं.
- ६ स्थित तेरहौता तथा शम्भुनाथ नगरपालिका ८ स्थित भंगहा स्वास्थ्य चौकीमा सो फिल्टर प्लान्ट हस्तान्तरण गरिएको हो ।
- क्वारेन्टाइन र आइसोलेशन तथा स्वास्थ्य उपचार केन्द्रहरूमा खानेपानी, सरसफाई, स्वच्छता व्यवस्थापन, पुर्वाधार मर्मत सम्भार तथा नयाँ निर्माण र पानी शुद्धिकरणका लागि फिल्टर प्लान्ट हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया