निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार

राजविराज राजविराज
|
बुधबार, माघ ७, २०७७
|
|
२० पटक हेरिएको
Shares
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार

सारांश

  •     जिल्ला निर्वाचन कार्यालयले राजविराज नगरपालिकाको सभाकक्षमा आयोजना गरेको मतदाता नामावली अध्यावधीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, नागरिक समाज, गैसस तथा जिल्लास्थित सबै सरकारी कार्यालयका प्रतिनिधिलाई कार्यक्रममा बोलाएको थिए ।
  •     तर, कार्यक्रममा प्रमुख राजनीतिक दल नेकपा (ओली समूह) का प्रतिनिधि अशोक यादव तथा एक तिरहुत गाउँपालिकाकी उपप्रमुख तिर्थमाया खंग खत्वे मात्र सहभागि थिए ।
  • यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, विभिन्न गैसस र कार्यालयका प्रतिनिधि भने सहभागि भए ।

दैनिक समाचारदाता
राजविराज, ७ माघ । 
    आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन गराउने सरकारले गरेको घोषणासँगै जिल्ला निर्वाचन कार्यालय सप्तरीले बुधबार पहिलो कार्यक्रम सम्पन्न गरेको छ । तर पहिलो कार्यक्रम नै अधिकांश राजनीतिक दलले बहिष्कार गरेको छ । 
    जिल्ला निर्वाचन कार्यालयले राजविराज नगरपालिकाको सभाकक्षमा आयोजना गरेको मतदाता नामावली अध्यावधीक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राजनीतिक दल, स्थानिय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि, नागरिक समाज, गैसस तथा जिल्लास्थित सबै सरकारी कार्यालयका प्रतिनिधिलाई कार्यक्रममा बोलाएको थिए ।
    तर, कार्यक्रममा प्रमुख राजनीतिक दल नेकपा (ओली समूह) का प्रतिनिधि अशोक यादव तथा एक तिरहुत गाउँपालिकाकी उपप्रमुख तिर्थमाया खंग खत्वे मात्र सहभागि थिए । यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, सुरक्षा निकायका प्रमुख, विभिन्न गैसस र कार्यालयका प्रतिनिधि भने सहभागि भए । 
    जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले आगामी निर्वाचनलाई कसरी स्वच्छ र मतदाता नामावली त्रृटीरहित बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा सबै राजनीतिक दललाई आमन्त्रण गरिए पनि अधिकांशले आफूहरु आन्दोलनमा रहेको कारण कार्यक्रममा सहभागि नहुने भन्दै जवाफ फर्काएको सुनाए । 
    उनले निर्वाचनको सरकारले घोषणा गरिसकेकाले तयारी अगाडी बढाउनु आफ्नो दायित्व रहेको बताए । अधिकांश राजनीतिक दलले बहिष्कार गरे पनि मतदाता नामावली अधावधीक तथा मतदाता सूची त्रृटीरहित बनाउने बिषयमा ब्यापक छलफल र सुझाव समेत संकलन भएको उनले बताए । 
    कार्यक्रममा मतदाता नामावली अधावधिक सम्बन्धी कार्यतालिका समेत सार्वजनिक गरिएको छ । जसअनुसार माघ १५ गते मतदाता नामावली प्रकाशन, १६ गते त्रृटी सच्याउने निवेदन र १८ गते उजुरी परेको मतदाताको प्रमाण जाच गर्ने कार्यक्रम रहेको छ । 
    निर्वाचन अधिकारी जोशीका अनुसार सप्तरीमा २०७७ पुस ५ गते सम्ममा  १८ वर्ष पुरा भई दर्ता रहेका १ लाख ८६ हजार ९ सय ४७ पुरुष, १ लाख ७० हजार ८ सय ३७ महिला तथा अन्य २१ गरि कुल ३ लाख ५७ हजार ८ सय ५ मतदाता रहेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी 
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद 
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
उपचारमा भएको ढिलाईका कारण अध्ययनका लागि भारत गएका नेपाली विद्यार्थीको मृत्यु
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
संघर्ष समितिले नगरका चौक, पसल र घर घरमा कालो झण्डा झुण्ड्याए
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
पत्रकार हत्या तथा संचारगृहमा भएको आगजनी विरुद्ध पत्रकारको प्रदर्शन
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
६५ वर्षदेखी लालपूर्जाको पखाईमा रहेका नगरवासी आन्दोलनको तयारीमा
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन
नेपाली जनता दल सप्तरीको कार्य समिति गठन
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
डा. राउतले संघीय संसदमा मौनधारण गर्दै शहीदहरुलाई गरे सम्मान
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
सचेतनासँगै वडा कार्यालयद्वारा मास्क वितरण
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु
कारागारमा कैदीको चाप हुँदा त्रासमा  कैदीबन्दी, एक जना कैदीको मृत्यु