मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत 

राजविराज राजविराज
|
बिहिबार, माघ ८, २०७७
|
|
१९ पटक हेरिएको
Shares
मधेशको विकासका लागि प्रधानमन्त्री चिन्तित ः यूवा संघका इन्चार्ज बस्नेत 

सारांश

  •     बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए ।
  •       मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे ।
  •       नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे ।

दैनिक समाचारदाता
राजविराज, ८ माघ । 
    राष्ट्रिय यूवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओली मधेशको विकासका लागि सबै भन्दा बढी चिन्तित रहने गरेको बताएका छन् ।
    बिहीबार सत्तापक्षिय नेकपा राष्ट्रिय यूवा संघ नेपालद्वारा राजविराजमा मोटरसाइकल ¥याली, यूवा भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीको बिरोध गरेर मधेशको विकास सम्भव नहुने समेत बताए । 
    मधेशको विकासका लागि बढी चिन्तित रहने प्रधानमन्त्रीको बिरोध हुनुको पछाडी कुनै तुक नरहने प्रष्ट पार्दै उनले प्रधानमन्त्री मधेशप्रेमी व्यक्तित्व रहेकाले नेताहरुले व्यक्तिगत स्वार्थ त्यागेर मधेशको सामूहिक विकासका लागि प्रयत्नशिल हुनु जरुरी रहेको जिकिर गरे । 
    नेता बस्नेतले मधेशबाट प्रधानमन्त्री समक्ष जाने डेलिकेशनमा सामूहिक विकास भन्दा पनि व्यक्तिगत कामको कुरा बढी हुने गरेको भन्दै यस्तो तरिकाले मधेशको विकास नहुने उल्लेख गरे । 
    मधेशका सबै नेताहरुप्रति आफूहरुको सम्मान रहेको भन्दै उनले आफूहरुले मधेशमा कार्यक्रम गर्दा कुनै बाधा अवरोध बिना शान्तिपूर्वक गर्न पाउने अपेक्षा पनि राखे । आयोजित कार्यक्रममा यूवा संघका अध्यक्ष रमेश पौडेल, केन्द्रिय सदस्य देवानन्द महतो, संजिव झालगायतले पनि बालेका थिए । 
    यसअघि सुरुमा जिल्ला समन्वय समितिको सभाहलमा निर्धारित कार्यक्रम प्रचण्ड नेपाल समूहको बिरोधका कारण राजरंगशालामा सारिएको थियो । यता कार्यक्रमस्थल वरिपरि प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको थियो भने स्थानिय प्रशासनले ड्रोन क्यामरामार्फत कार्यक्रमको सुरक्षा निगरानी गरेको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
जेसीजद्वारा एक दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
निर्वाचनबाट सहि नेतृत्व र सहि  ब्यक्ती चयन हुनुपर्छ ः अध्यक्ष घिसिङ
मन्सापुरमा धान दिवस मनाइयो
मन्सापुरमा धान दिवस मनाइयो
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
भुक्तानीको माग गर्दै निर्माण व्यवसायीद्वारा  पशु सेवा विज्ञ केन्द्रमा तालाबन्दी
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
जनप्रतिनीधी आफ्नै सिफारिस पटक–पटक फेर्दा नापी कार्यालय पनि अलमलमा 
किर्तिमानी खेलाडी महबुब आलम  र उदयमान खेलाडी आदिल पक्राउ
किर्तिमानी खेलाडी महबुब आलम  र उदयमान खेलाडी आदिल पक्राउ
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
डाक्नेश्वरीमा अन्तराष्ट्रिय अश्वमेघ महायज्ञ हुने
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
हराइरहेकी एक भारतीय महिलाको  उद्दार गरि परिवारको जिम्मा लगाइयो
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण
कुमारी बैंकद्वारा क्यान्सर पीडित ग्राहकलाई  वीमा वापतको रकम हस्तान्तरण