प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 

राजविराज राजविराज
|
आइतबार, पौष ८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
प्रदेश २ को नामाकरणका लागि “मिश्रित” सुझाव 

सारांश

  •     राजधानीको नाम के हुने भनेर तीन वटा अप्सनसहितको प्रश्न राखिएको थियो ।
  • तर यो प्रश्नमा धेरै सहभागी झुक्किए ।
  • कारण थियो राजधानीको नाम ।

    राजविराज÷प्रदेश नं. २ को नामाकरण, स्थायी राजधानी र भाषाबारे सुझाव संकलन गर्न प्रदेश सरकारले बनाएको आयोगले शनिबार राजविराजमा कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा सुझावकर्ताहरुले “मिश्रित” सुझाव दिएका छन् । 
    आयोगका संयोजक डा. हरीबंश झाले सुझाव दिनका लागि सहभागीहरुलाई नाम लेखेर प्रदेशको राजधानी कहाँ राख्ने?, प्रदेशको नामाकंकरण के राख्ने ? सहितका बिषयमा औचित्य, महत्वसहितको सुझाव दिन आग्रह गरिएको थियो । 
    आयोगका पदाधिकारीले लिखित फोरम्याट नै तयार पारेको थियो सुझाव संकलनका निम्ति । सहभागी भएका सबैलाई यो फोरम्याट उपलब्ध गराउँदै प्रश्नको उत्तर लेखेर दिन आग्रह गरिएको थियो ।
    राजधानीको नाम के हुने भनेर तीन वटा अप्सनसहितको प्रश्न राखिएको थियो । तर यो प्रश्नमा धेरै सहभागी झुक्किए । कारण थियो राजधानीको नाम । प्रदेशको नाम के हुने भनेर राखिनुपर्नेमा राजधानीको नाम राखिएपछि संयोजक झाले यो मिस्टेक भएको स्वीकारेका थिए । 
    कार्यक्रममा सुझाव दिनेहरुले मधेश, मिथिला, मध्य प्रदेशमध्ये कुनै एक नामले प्रदेशको नामांकरण गर्नुपर्ने बताए । केहिले सीता, जनक, सीताराम प्रदेश बन्नुपर्ने सुझाव समेत दिए । सत्तासिन मधेशका नेताहरुले मधेश भनिरहँदा उसकै जिल्लास्तरीय नेताहरुले जानकी भने भने नेकपामा नेताहरुले मधेश हुनुपर्ने बताए । 
    यता मधेशवादी दलका नेताहरुले मधेश प्रदेशबाहेक मान्य नहुने बताए । उनीहरुले शहीदले दिएको बलिदानी मधेश प्रदेश नभएसम्म पूरा हुन नसक्ने तर्क दिदैं मधेश प्रदेश नै राख्नुपर्ने बताए । 
    यद्यपी राजपाका संयोजक रामप्रित यादवले मध्य प्रदेश नामांकरण बनाउनुपर्ने बताए । उनले राज्य पक्ष चतुर भएको र आठ जिल्लाको नाम मात्रै मधेश राख्दा बाँकी १४ जिल्ला यसमा सहभागी गराउन नमान्ने भएकाले मध्य प्रदेश नामांकरण गरी बाँकी जिल्ला यसमा समावेश गराउन पहल गर्नुपर्ने बताए । 
    मधेशी इन्जिनियर्स एशोसिएशनका अध्यक्ष संजीब नारायण यादवले पनि मध्य मधेश नाम राख्नुपर्ने बताए । राजपका नेता समेत रहेका राजविराज नगरपालिकाका प्रमुख शम्भु यादवले मधेश प्रदेश र उप प्रमुख साधना झाले मिथिला मधेश प्रदेश बनाउनुपर्ने बताइन् । 
    नेकपाका युवा नेता भगवती यादवले पनि मधेश प्रदेश नै बनाउनुपर्ने बताए भने अर्का युवा नेता निरंजन झाले मिथिला प्रदेश बनाउन सुझाव दिए । 
    अर्का राजपा नेता तथा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सशित सिंहले जानकी प्रदेश बनाउन सुझाव दिए । 
    फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले मधेश प्रदेश बनाउन सुझाव दिएपछिच काँग्रेसका नेता राधाकान्त देवले मिथिला या मिथिला भोजपुरा नाम राख्नुपर्ने बताए । 
    यसअघि आयोगले सबैभन्दा पहिलो सुझाव संकलन कार्यक्रम पर्साको बीरगंजमा गरेको छ । दोस्रो कार्यक्रम सप्तरीमा गर्ने क्रममा यहाँका सहभागीले जनकपुर नै सबैका लागि उपयुक्त ठाउँ भएको बताए । उनीहरुले जनकपुर राजधानी बनाइए सबैलाई सहज हुनेमा जोड् दिए । 
    राजपाका नेता गजेन्द्र मण्डलले जनकपुर नै राजधानीका लागि उपयुक्त ठाउँ रहेको भन्दै बीरगंजले यसका निम्ति आन्दोलन गरे आफूहरु पनि सप्तरीमा राख्नका लागि अगाडि आउने बताए । 
    राजपाका अर्का नेता दीपेन्द्र चौधरीले गजेन्द्रनारायण सिंह र रामराजा प्रसाद सिंहको जिल्ला सप्तरी भएकाले यहीं राजधानी बनाउनुपर्ने बताए । 
    निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड् यूनियनका अध्यक्ष अजय झाले पनि बिरगंजबासीले राजधानीका लागि बोले सप्तरीबासी पनि अगाडि आउने बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
गठबन्धन विजयी नभए देशमा अधिनायकवादी हावी हुने ः वक्ताहरु
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरुलाई जसपा अध्यक्ष राईको आग्रह, सत्ता बिना बस्नु पर्दा पानी बिना माछा जस्तो छटपटी ः मन्त्री यादव
करेन्ट लागेर यूवकको मृत्यु
करेन्ट लागेर यूवकको मृत्यु
माघे संक्रान्तिमा साधुसन्तलाई मिष्ठान भोजन एवं न्यानो कपडा बितरण 
माघे संक्रान्तिमा साधुसन्तलाई मिष्ठान भोजन एवं न्यानो कपडा बितरण 
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 
मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण 
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
नागरिकता सम्बन्धी कसुर मुद्दामा उपप्रमुख मिराका श्रीमान् महेन्द्र पूर्पक्षका लागि कारागार चलान
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
राजविराज वडा नं. ४ मतपरिणामको  सम्पुर्ण सक्कलै कागजात झिकाउने  अदालतको आदेश
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन
बृद्धभत्ता लिन जेष्ठ नागरिकलाई बैंक पुग्नै समस्या, ९९ वर्षिया बचियादेवी सिढी चढ्दा चढ्दै लडिन