कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर

राजविराज राजविराज
|
आइतबार, फाल्गुन ९, २०७७
|
|
२७ पटक हेरिएको
Shares
कारको ठक्करबाट मोटरसाइकलमा सवार एकको मृत्यु, दुईको गम्भिर

सारांश

  •     सो सडकखण्डमा आइतबार बिहान ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको बा.
  • १०च.
  • २५२४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा.

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 
    सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ पूर्वपश्चिम राजमार्गस्थित चाँदनी चौक नजिकै कारको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु गएको छ भने दुर्घटनामा दुई जना गम्भिर घाइते भएका छन् । 
    सो सडकखण्डमा आइतबार बिहान ६ बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको बा.१०च. २५२४ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको बा.२६प. २२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ बस्ने २२ वर्षिय विपिन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    ठक्करबाट टाउँकोमा गम्भिर चोट लागेका चौधरीलाई रायपुरस्थित युनिक अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगरस्थित न्युरो अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिएका छन् । 
    दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाइकल सवार सिरहाको लहान नगरपालिका २० निवासी २५ वर्षिय प्रेम चौधरीको सोही अस्पतालमा तथा सुरुङ्गा नगरपालिका १ बस्ने अर्का घाइते ४५ वर्षिय प्रेम चौधरीको युनिक अस्पतालमा उपचार भइरहेको छ । 
    ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्त्रीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा एकको मृत्यु,  एकको अवस्था गम्भिर
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
फागुन १ देखी देशव्यापी रुपमा दलित मुक्ती जागरण अभियान 
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
एक सय ७२ सवारीसाधनलाई नियन्त्रणमा लिई कारवाही
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 
माडवारी समुदायद्वारा विपन्नलाई भोजन तथा भाडाकुडा वितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
गर्भवति र सुत्केरी महिलालाई  अण्डासहितको पोषणयुक्त सामाग्रि बितरण 
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
संघीयता आएपछि मुलुकमा विकास भएको छ ः सञ्चार मन्त्री लेखी
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड