मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २३, २०७७
|
|
२३ पटक हेरिएको
Shares
मलेठ घटनाको प्रतिवेदन सार्वजनिक हुन्छ : मन्त्री साह

सारांश

  •     आयोजित सभामा प्रदेश २ का भुमि, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहिदको सपना साकार पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए ।
  •     सभामा मन्त्री साहले मलेठ घटनाले मधेस केन्द्रित विभिन्न ६ पार्टीलाई एकताबद्ध गरेको स्मरण गर्दै मलेठ घटना कै उपलब्धीको रूपमा प्रदेश सरकार बनेको बताए ।
  •       उनले मलेठ घटनका दोषीलाई कडा भन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले मलेठ घटनाको उच्च स्तरिय छानबिन प्रतिवेदन चाडै सार्वजनिक गर्ने जानकारी पनि दिए ।

दैनिक समाचारदाता
राजविराज, २३ फागुन । 
    मलेठ घटनाको चौथो पुण्यतिथिको अवसरमा आईतवार श्रद्वाञ्जली सभाको आयोजना गरिएको छ ।
    आयोजित सभामा प्रदेश २ का भुमि, ब्यबस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सहिदको सपना साकार पार्न प्रदेश सरकार प्रतिबद्ध रहेको दोहोर्‍याए ।
    सभामा मन्त्री साहले मलेठ घटनाले मधेस केन्द्रित विभिन्न ६ पार्टीलाई एकताबद्ध गरेको स्मरण गर्दै मलेठ घटना कै उपलब्धीको रूपमा प्रदेश सरकार बनेको बताए । 
    उनले मलेठ घटनका दोषीलाई कडा भन्दा कडा कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रदेश सरकारले मलेठ घटनाको उच्च स्तरिय छानबिन प्रतिवेदन चाडै सार्वजनिक गर्ने जानकारी पनि दिए । 
    सोही कार्यक्रममा जसपा केन्द्रीय सदस्य दिनेश यादबले सहिदको सपना पूरा सँगै मधेशको अधिकार प्राप्तका लागि अधिकारको आन्दोलन आबश्यक रहेको बताए । उनले सहिदको सपना साकार गर्न निर्वाचित जनप्रतिनिधिहरूले भुमिका खेल्नुपर्नेमा जोड समेत दिए ।
    सो अवसरमा राजबिराज वडा ९ मलेठका अध्यक्ष शम्भु यादब लालीले मलेठ घटनाको सत्य तथ्य छानबिन गर्नुपर्नेमा जोड दिए । 
    महिला नेतृ किरण साहले राज्यद्वारा नश्लिय विभेद अझै कायम रहेको भन्दै मधेशको अधिकार पूरा नभएकोले सहिदको सपना पूरा गर्न अधिकारको आन्दोलन अपरिहार्य रहेको बताईन ।
    तत्कालीन नेकपा एमालेले मेची महाकाली अभियानका क्रममा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा कार्यक्रम राखेपछि तत्कालीन मधेसी मोर्चाले सोको विरोध गरेपछि प्रहरीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको थियो ।
    प्रहरीको गोली लागेर मलेठका पिताम्बर मण्डल, सञ्जन मेहता, वीरेन्द्र महतो, प्रसवनीका आनन्द साह र जमुनी मधेपुराका इनर यादवको मृत्यु भएको थियो ।
    आयोजित श्रद्वाञ्जली सभामा जसपाका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, दिनेश यादब, अशोक यादब, पुनम यादब, भिम तमाङ, जसपा नेता केदार यादब, युवा नेता नबनित झा, युवा नेता शिवशंकर यादब, रामगमन साह, बिद्यार्थी नेता शम्भु प्रसाद यादबलगायतले मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
ऋण दिएर चौब्बर असुल गर्ने मिटर ब्याजी साहुले प्रहरीसम्मलाई चक्मा दिँदै
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
होली मनाउन घर आएका फरार अभियुक्त पक्राउ
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
दुई महिना भित्रै राजबिराज नगरपालिकाको  मुहार फेरिने प्रमुख यादवको दाबी
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
बहुविवाहका फरार प्रतिवादी पक्राउपछि जेल चलान
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
सीमानाका अबिलम्ब खुलाउन प्रदेश  मन्त्री साहको सरकारसँग माग 
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
महिला दिवसमा लोकतान्त्रिक महिला संघद्वारा अन्तरक्रिया 
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा
भन्सार छलेर ल्याउँदै गरिएको कपडा र  मोटरसाईकलसहित दुई जना प्रहरी नियन्त्रणमा