दैनिक समाचारदाता
राजविराज, २८ फागुन ।
सप्तरी प्रहरीले अपहरण मुद्दामा अदालतबाट ९ वर्ष कैद सजाय पाएका एक फरार अभियुक्तलाई १० वर्षपछि पक्राउ गर्न सफल भएको छ ।
आफ्नै छिमेकी एक यूवाको अपहरण गरेको आरोपमा अदालतबाट ९ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी भोलेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
यादवमाथी छिमेकी १७ वर्षिय संजिवकुमार साहको अपहरण गरि वेपत्ता बनाएको आरोपमा तत्कालिन पुनरावेदन अदालत राजविराजले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र २५ हजार जरिवाना सजायको आदेश दिएको थियो । सो आदेश लगत्तै फरार भएका उनी भारतमा बस्दै आएका थिए ।
प्रहरीका अनुसार २०६७ साल कात्तिक २६ गते साँझ घर नजिकैको पोखरी किनारमा छठ पर्व मनाउन गएका बेला भोलेन्द्र नेतृत्वको एक समूहले संजिवको अपहरण गरेको थियो । संजिवको अवस्था भने अहिलेसम्म अज्ञात नै छ ।
महाशिवरात्री पर्व मनाउन बिहीबार गाउँ पुगेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले उनलाई घरमै लुकीबसेको अवस्थामा पक्राउ गरि शुक्रबार अदालतमा उपस्थित गराएको छ । पक्राउ परेका यादवले संजिवको अवस्था बारे अझै केही नखुलाएको प्रहरीले जनाएको छ ।
अपहरणपछि भारतमै लुकेर बसेका यादवले संजिवका आफन्तलाई फोन गरि ५० लाख रुँपैया फिरौती माग गरेका थिए । जसमधये पटक पटक गरि संजिवका आफन्तले १३ लाख ५ हजार रुँपैया फिरौतीसमेत सीमावर्ती भारतीय क्षेत्रमा गई भोलेन्द्रले भनेको व्यक्तिलाई बुझाएका थिए ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु आर्थिक वर्षको हालसम्ममा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय तोकी फरार रहेकाहरुको पक्राउ विवरण शुक्रबार सार्वजनिक गरेको छ ।
चालु आ.ब.को ८ महिनामा विभिन्न अभियोगका ५ सय ६५ फरार अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । यसरी पक्राउ परेका अपराधीहरुबाट १३ लाख ८९ हजार १ सय ८३ रुँपैया जरिवाना असुली भएको छ भने ९१ वर्ष ११ महिना ४ दिन अदालतको कैद वक्यौता असुली प्रक्रिया अघि बढिसकेको प्रहरी तथ्याङ्कले देखाएको छ ।
अपहरण मुद्दामा ९ वर्ष कैद सजाय पाएका फरार अभियुक्त १० वर्षपछि पक्राउ
सारांश
- आफ्नै छिमेकी एक यूवाको अपहरण गरेको आरोपमा अदालतबाट ९ वर्ष कैद सजाय तोकिएपछि फरार रहेका जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं.
- १ निवासी भोलेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
- यादवमाथी छिमेकी १७ वर्षिय संजिवकुमार साहको अपहरण गरि वेपत्ता बनाएको आरोपमा तत्कालिन पुनरावेदन अदालत राजविराजले अपहरण तथा शरीर बन्धक मुद्दामा ९ वर्ष कैद र २५ हजार जरिवाना सजायको आदेश दिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया