दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
राजविराज नगरपालिका ९ मलेठस्थित जोलहरी टोलकी एक महिला जग्गा विवादमा निर्घात कुटएकी छिन् ।
सो टोल निवासी ४२ वर्षिया रोशन खातुन जग्गा विवादमा शनिबार ारती आफ्नै छिमेकीहरुबाटै निर्घात कुटिएकी हुन् ।
उनको हाल गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । शनिबार भएको उक्त घटना बारे खबर गर्दा आइपुगेको प्रहरी टोलीलाई देख्ना साथ उनीहरु भागेको पीडित महिला खातुनले सुनाइन् । आइतबार घाउँजाच केश फारम गराई पीडकलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन पत्र समेत बुझाइएको छ ।
पीडित महिला खातुनका अनुसार आफ्नो नम्बरी जग्गामा जबरजस्ती नयाँ संरचना निर्माण गर्न लागिएको बेला प्रतिकार गर्दा सोही वडाका छोटेलाल यादव, मो ताहिर, जिबरिल मियाँ र इस्माइल मियाँले बास र लाठीको फटले निर्घात कुटपिट गरेका हुन् ।
खातुनको नाउँमा रहेको उक्त जग्गामा यसअघि पनि सो पक्षले घेरबारको प्रयास गरेको तथा सोही विषयमा बसेको पंचायतीले जग्गाको प्रमाण भएको पक्षले मात्र नयाँ संरचना निर्माण गर्न पाउने सहमति बनेको स्थानियले बताएका छन् ।
तर सहमति विपरीत पटक पटक एक पक्षद्वारा उक्त जग्गामा नयाँ संरचनाको निर्माणको प्रयास गरिएपछि विवाद हुँदै आएको स्थानियले बताएका छन् ।
जग्गा विवादमा महिला निर्घात कुटिइन्
सारांश
- सो टोल निवासी ४२ वर्षिया रोशन खातुन जग्गा विवादमा शनिबार ारती आफ्नै छिमेकीहरुबाटै निर्घात कुटिएकी हुन् ।
- उनको हाल गजेन्द्र नारायण सिंह अस्पतालमा उपचार भइरहेको छ ।
- शनिबार भएको उक्त घटना बारे खबर गर्दा आइपुगेको प्रहरी टोलीलाई देख्ना साथ उनीहरु भागेको पीडित महिला खातुनले सुनाइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया