दैनिक समाचारदाता
राजविराज, २१ साउन ।
प्रदेश २ मा गत वर्षको तुलनामा ४ दशमलब ४७ प्रतिशतले आपराधिक घटनामा बृद्धि भएको छ भने विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तोकिसकेका २ हजार ४ सय २७ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
२ नं. प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको अपराध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशका ८ वटै जिल्लामा ७ हजार २ सय १ अपराधका घटना भएका छन् भने गत आ.व. २०७६÷७७ मा ६ हजार ८ सय ९३ आपराधिक घटना भएका थिए । यस अनुसार आ.व. २०७७÷७८ को तुलनामा आपराधिक घटनाहरु ४ दशमलब ४७ प्रतिशतले बृद्धि भएको हो ।
यता आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न तहका अदालतबाट कैद तथा जरिवाना तोकिसकेपछि भुक्तान नगरि फरार रहँदै आएका २ हजार ४ सय ४ जनालाई प्रहरीले पक्राउ गरेको छ भने गत आ.ब. २०७६÷७७ मा १ हजार ५ सय ३० जना फरार अभियुक्त र प्रतिवादी पक्राउ परेका थिए ।
आ.व. २०७७÷७८ मा सोही अपराधमा संलग्न ४ सय २७ जनालाई पक्राउ गरि ५८ करोड ८२ लाख ५१ हजार ९ सय २६ रुँपैया बराबरको अवैध मालसान जफ्त गरि भन्सार कार्यालयमा बुझाइएको तथ्याङ्कले देखाएको छ ।
आपराधिक घटनामा बृद्धि देखिए पनि फरार प्रतिवादी पक्राउ र चोरी निकासी पैठारीमा पक्राउ र राजश्व असुली भने अत्यन्त उत्साहपूर्ण देखिएको छ । चोरी निकासी पैठारीतर्फ आर्थिक वर्ष २०७६÷७७ मा ४ सय १४ जनालाई पक्राउ तथा ३४ करोड ७९ लाख ३५ हजार ३ सय ८५ रुँपैयाको अवैध मालसमान जफ्त गरिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ मा ५ सय ३३ जनाको सवारी दुर्घटनामा ज्यान गएको छ । गत आ.ब. २०७६÷७७ मा सवारी दुर्घटनामा ४ सय ६७ जनाले ज्यान गुमाएका थिए ।
यस्तै आ.व. २०७७÷७८ मा सामाजिक अपराधका सर्वाधिक १ हजार ८ सय ३२ र संगठित तथा आर्थिक अपराधका १ हजार ५ सय ४३ घटना र महिला हिंसा तथा बलात्कार अपराधका ६ सय १७, आत्महत्याका ९ सय ५९, भवितब्य ज्यानका ४ सय ६७, ज्यान मार्ने उद्योगका ३ सय १० र कर्तव्य ज्यानका ९३ घटना भएको प्रहरी कार्यालयले जनाएको छ । आ.व. २०७६÷७७ को तुलनामा लागु औषध मुद्दा, दुव्र्यसनी र कारोवारी पक्राउको संख्या पनि बृद्धि भएको छ । आ.ब. २०७६÷७७ मा लागु औषधका ६ सय ३५ मुद्दा दर्ता भई ९ सय ६२ जना पक्राउ परेकोमा आर्थिक वर्ष २०७७÷७८ मा सो संख्या बढ्दै ७ सय १४ मुद्दा दर्ता र ९ सय ९९ जना पक्राउ परेका छन् ।
अपराध नियन्त्रण र सुरक्षित समाज निर्माणका लागि प्रदेश २ का ८ वटै जिल्लामा विभिन्न सचेतनामूलक कार्यक्रमका साथै आवश्यक सुरक्षा रणनीति बनाउँदै अघि बढिरहेकोप्रति यस कार्यमा सबै पक्षको सकारात्मक सहयोगको अपेक्षा गरिएको २ नं. प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको अपराध तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश २ मा ४ दशमलब ४७ ले आपराधिक घटना बृद्धि, दुई हजार ४ सय ४ फरार प्रतिवादी पक्राउ ….
सारांश
- २ नं.
- प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको अपराध तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा प्रदेशका ८ वटै जिल्लामा ७ हजार २ सय १ अपराधका घटना भएका छन् भने गत आ.
- व.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया