होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 

राजविराज राजविराज
|
सोमबार, भाद्र ७, २०७८
|
|
२६ पटक हेरिएको
Shares
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ 

सारांश

  •     जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक २८ वर्षिय जयराम यादवलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
  •       होटलको आडमा लागु औषधको कारोबार समेत संचालन गर्दै आएका होटल संचालक यादवलाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले गोप्य सुचनाको आधारमा शनिवार राती होटलमा छापामारी पक्राउ गरेको हो ।
  •       प्रहरीले होटलबाट लुकाई राखिएको अवस्थामा नाट्रोसन १० ट्याब्लेट ६ सय १० थान, एस्पामोप्रोक्सीभन प्लस ३ सय १० थान, डाईलेक्सडिसी एकसय एमएल ८ बोतल, सुई १ र ३ थान बरामद गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ६ भदौं । 
    सप्तरीमा एक होटल संचालक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् । 
    जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक २८ वर्षिय जयराम यादवलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो । 
    होटलको आडमा लागु औषधको कारोबार समेत संचालन गर्दै आएका होटल संचालक यादवलाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले गोप्य सुचनाको आधारमा शनिवार राती होटलमा छापामारी पक्राउ गरेको हो । 
    प्रहरीले होटलबाट लुकाई राखिएको अवस्थामा नाट्रोसन १० ट्याब्लेट ६ सय १० थान, एस्पामोप्रोक्सीभन प्लस ३ सय १० थान, डाईलेक्सडिसी एकसय एमएल ८ बोतल, सुई १ र ३ थान बरामद गरेको छ । 
    त्यस्तै प्रयोगमा ल्याईसकेका नाइट्रोसन १० ट्याब्लेटको खाली खोल ४१, एसपासमो प्रोक्सीभन २०, डाएलेसीस डिसी १०० एमएल ८ र कोडीबेल १०० एमएलका १ वटा खाली बोतल समेत प्रहरीले बरामद गरेको छ ।
    पक्राउ परेका ब्यक्ती र बरामद लागु औषधको विवरण आईतवार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफलेले उक्त होटलमा भारतबाट लुकाई छिपाई लागु औषध ल्याउने र बिक्री गर्ने गोप्य सुचना आएपछि छापामारी मारिएको जानकारी दिए । 
    पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी लागु औषध मुद्दामा अनुसन्धान र कार्यवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।    

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
अग्निपीडित महिलालाई एकल महिलाको सहयोग
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
पिएम कप प्रदेशस्तरिय छनोट खेलमा बारा र सिरहा सेमिफाईनलमा प्रवेश 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
वर्षायाममा हिलै हिलो र सुख्खायाममा धुलै धुलो 
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
सप्तरीमा १ सय १० जना भुमिहिनले पाए जग्गाधनी पुर्जा
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
न्यानो कपडा, दाउराको प्रबन्धसँगै सुचनाको पहुँच पु¥याउन आग्रह 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
प्रहरीद्वारा ६ सय ४१ थान तस्करीका  रेडिमेड कपडा नियन्त्रणमा 
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
डाक्नेश्वरीमा भ्रष्टाचार बढेको भन्दै एमालेको नगर इन्चार्जबाट वडा अध्यक्ष समेत रहेका चौधरीले दिए राजिनामा
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बच्चाको विषयमा झगडा, कुटपिट हुँदा  दुई जना घाइते, ट्याक्टर चालक कुटिए 
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग
बाढी पीडितलाई लायन्स इन्टरनेशनलको सहयोग