दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
कोरोना संक्रमितका लागि निर्माण गरिएको सप्तरीका सबै आईसोलेशन केन्द्र र अस्पतालका शैया खाली भएका छन् ।
जिल्लामा बुधबार पुष्टी भएका एक संक्रमितसहित ९ जना मात्र सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै घरमै होम आइसोलेशनमा वसेका छन् ।
कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको जिल्लाका सबै आईसोलेशन वाड खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
उनका अनुसार हाल सक्रिय संक्रमित रहेका दुर्ई महिलासहित सबै जनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै होम आईसोलेशनमा वस्ने इच्छा जाहेर गरेकाले सरकारी र स्थानीय तह स्तरबाट निर्माण गरिएका आईसोलेशन वाडका शैयाहरु खाली भएको हो ।
कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्लास्थित गजेन्द्रनारायण सिह अस्पताल, साईकृष्णा मेडीकल कलेज, युनिक अस्पताल, छिन्नमस्ता अस्पताल, भारदह अस्पताल, शत्रुघन अस्पताल तथा हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र खडक नगरपालिकाका गरी ९ स्थानमा ३ सय भन्दा बढी बेडको आईसोलेशन वाड संचालनमा ल्याइएको थियो ।
विगतको तुलनामा हाल संक्रमण दर घटेपनि जोखिम भने कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अझै कडाईका साथ पालना गर्नु पर्ने उनको सुझाव समेत छ ।
जिल्लामा कोरोनाको पहिलो लहरमा ४१ र दोश्रो लहरमा १ सय १८ गरी १ सय ५९ जनाको ज्यान गएको छ ।
सप्तरीका सबै आईसोलेशन वाड खाली
सारांश
- जिल्लामा बुधबार पुष्टी भएका एक संक्रमितसहित ९ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
- उनीहरु सबै घरमै होम आइसोलेशनमा वसेका छन् ।
- कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको जिल्लाका सबै आईसोलेशन वाड खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया