बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण

राजविराज राजविराज
|
बिहिबार, आश्विन १४, २०७८
|
|
२४ पटक हेरिएको
Shares
बैंक अफ काठमाण्डूद्वारा स्वास्थ्य चौकी सखडालाई स्वास्थ्य सामग्री हस्तान्तरण

सारांश

  • कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले सो गाउँपालिका वडा नं.
  • ३ मा रहेको स्वास्थ्य चौकी सखडालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
  • बैंकले स्वास्थ्य चौकी सखडालाई ७५ थान पीपीई, ७५ प्याकेट मास्क, ७५ प्याकेट ग्लोब्स र २० लिटर सेनिटाइजर प्रदान गरिएको शाखा प्रमुख विनेश कुमार श्रेष्ठले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १४ असोज । 
बैंक अफ काठमाण्डू लिमिटेड छिन्नमस्ता शाखाले सप्तरीको छिन्नमस्ता गाँउपालिकास्थित स्वास्थ्य चौकी सखडालाई बुधबार एक कार्यक्रबीच विभिन्न स्वास्थ्य सामाग्रिहरु हस्तान्तरण गरेको छ । 
कोभिड १९ महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीका लागि बैंकले सो गाउँपालिका वडा नं. ३ मा रहेको स्वास्थ्य चौकी सखडालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
बैंकले स्वास्थ्य चौकी सखडालाई ७५ थान पीपीई, ७५ प्याकेट मास्क, ७५ प्याकेट ग्लोब्स र २० लिटर सेनिटाइजर प्रदान गरिएको शाखा प्रमुख विनेश कुमार श्रेष्ठले जानकारी दिएका छन् । 
कोभिड महामारी नियन्त्रण अभियानमा सहयोग पुग्ने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य सामाग्री वितरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए । 
गाउँपालिका वडा नं. ३ का अध्यक्ष दिपेन्द्र कुमार यादवको अध्यक्षतामा आयोजित स्वास्थ्य सामाग्रि हस्तान्तरण कार्यक्रममा छिन्नमस्ता गाउँपालिका स्वास्थ्य संयोजक मदनेश्वर प्रसाद चौधरी थारु, स्वास्थ्य चौकी सखडाका प्रमुख अजयकुमार झा, बैंक अफ काठमाण्डू लिमिटेड छिन्नमस्ता शाखाका कर्मचारी अनिमेश झा र रन्जन कामतलगायतको उपस्तिथि रहेको थियो । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?