दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।
राजबिराजमा आइतबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडान आफ्नो पार्टीको अहिले पनि रहेको स्पष्ट पारेका छन् ।
संबिधानमा गरेको ब्यबस्थामा ब्यवहारमा समानता भनेको कुरा नभएको जिकिर गर्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराइएको बताए ।
सो कार्यक्रममा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले सबै वर्गको अधिकारका लागि अन्तिम आन्दोलनको आबश्यता रहेको औल्याउँदै मधेशमुक्ती आन्दोलनका लागि राष्ट्रमुक्ती आन्दोलन समेत आवश्यक रहेको जिकिर गरेका छन् ।
नेता महतोले ३० बर्ष अगाडी गजेन्द्र बाबुले उठाएको सबै मुद्दा यथावत रहेकोले ती मुद्दाले पुर्णता पाउन नसकेको भन्दै सबै उत्पीडित वर्गको अधिकार सुनिश्चिताका लागि अन्तिम लडाई लडनुपर्नेमा जोड दिए ।
आप्mनो स्वार्थपूर्तिका लागि केही साथीहरू पार्टी बिभाजन गर्ने तर्फ लागेको आरोप लगाउँदै नेता महतोले हौसला बुलन्द गर्न सबै कार्यकर्तालाई आग्रह समेत गरे ।
यस्तै कार्यक्रममा अर्का वरिष्ठ नेता शरतसिंह भण्डारीले मलेठ घटनाले एक बनाएको पार्टी एकता भएको एक बर्ष नपुग्दै टुट्नु दुर्भाग्यो भएको बताए । उनले संविधान संशोधन हुन आवश्यक रहेको बताउँदै सबै वर्गको पीडाको लागि संघर्ष गर्नु आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा प्रदेश २ का पार्टीका संसदीय दलका नेता जितेन्द्र सोनल, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, प्रदेश सभा सदस्य रानीशर्मा तिवारी, नेतृ पुष्पा ठाकुर लगायतले मन्तव्य राखेका थिए ।
संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : लोसपा अध्यक्ष महन्थ ठाकुर
सारांश
- राजबिराजमा आइतबार आयोजित सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडान आफ्नो पार्टीको अहिले पनि रहेको स्पष्ट पारेका छन् ।
- संबिधानमा गरेको ब्यबस्थामा ब्यवहारमा समानता भनेको कुरा नभएको जिकिर गर्दै उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण समेत गराइएको बताए ।
- सो कार्यक्रममा लोसपाका बरिष्ठ नेता राजेन्द्र महतोले सबै वर्गको अधिकारका लागि अन्तिम आन्दोलनको आबश्यता रहेको औल्याउँदै मधेशमुक्ती आन्दोलनका लागि राष्ट्रमुक्ती आन्दोलन समेत आवश्यक रहेको जिकिर गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया