प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप

राजविराज राजविराज
|
बुधबार, आश्विन २०, २०७८
|
|
२७ पटक हेरिएको
Shares
प्रदेश २ मा १९ लाख जनतालाई  कोरोना विरुद्धको खोप

सारांश

  •     दशै, तिहार छठ लगायतका पर्वलाई मध्यनजर गर्दै चाड पर्वमा हुन सक्ने भिडभाडमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मंगलबारदेखी सो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा शुभारम्भ गरिएको हो ।
  •       राजविराजस्थित गजेन्द्रचोकमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले कार्यक्रमको शुभारम्भ गर्दै सबैलाई आनिवार्य रुपमा मास्क लगाएर मात्र बाहिर निस्कन आग्रह गरेका छन् ।
  •       उनले सेवाग्राहीको बढी भिडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा मास्क उपलब्ध गराइने जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, १९ असोज । 
    प्रदेश २ का समाजिक विकास मन्त्री नवलकिशोर साहले मंगलवारदेखी पूर्ण मास्क प्रयोग सुनिश्चिता कार्यक्रमको शुभारम्भ गरेका छन् । 
    दशै, तिहार छठ लगायतका पर्वलाई मध्यनजर गर्दै चाड पर्वमा हुन सक्ने भिडभाडमा कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राख्दै मंगलबारदेखी सो कार्यक्रम प्रदेश २ को ८ वटै जिल्लामा शुभारम्भ गरिएको हो । 
    राजविराजस्थित गजेन्द्रचोकमा आयोजित एक कार्यक्रमबीच मन्त्री साहले कार्यक्रमको शुभारम्भ गर्दै सबैलाई आनिवार्य रुपमा मास्क लगाएर मात्र बाहिर निस्कन आग्रह गरेका छन् । 
    उनले सेवाग्राहीको बढी भिडभाड हुने मालपोत कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका कार्यालयमा मास्क उपलब्ध गराइने जानकारी दिए । 
    जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवलाई मास्क उपलब्ध गराउन निर्देशन दिँदै ती कार्यालयहरुमा जतिसुकै मास्क उपलब्ध गराउन आपृmु तयार रहेको बताए । 
    कार्यक्रममा प्रदेश २ का स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले प्रदेश २ मा हाल सम्म १९ लाख जनतालाई कोरोना विरुद्धको खोप लगाईसकेको जानकारी दिए । 
    उनले प्रदेशमा ४२ लाखलाई लगाउन बाँकी रहेको तथ्याङ्क प्रस्तुत गर्दै जनस्वास्थको मापदण्ड पालना गराउनका साथ साथै प्रदेशका सम्पुर्ण जनतालाई छिट्टै खोप लगाउनका लागी आफुहरु प्रयासरत रहेको बताए । 
    जिल्ला स्वास्थ कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, उपप्रमुख साधना झा, कंचनरुप नगरपालिकाकी उपप्रमुख निरु पोखरेल, प्रमुृख जिल्ला अधिकारी जनार्दन गौतम, नागरिक समाजका अध्यक्ष थान सिह भन्साली लगायतले कोरोनाको जोखिम कायमै रहेकाले मास्क, सेनिटाईजरको अनिर्वाय प्रयोग र समाजिक दुरी कायम गरी चाडपर्वमा सहभागी हुन अपिल समेत गरे ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ