बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प

राजविराज राजविराज
|
आइतबार, कार्तिक १४, २०७८
|
|
२४ पटक हेरिएको
Shares
बाढीले भत्काएको पुल बन्न  नसक्दा आवगमन ठप्प

सारांश

  •     सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल बाढीले भत्काएको थियो ।
  • कात्तिक १ गतेदेखी तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको १५ मिटरजति भाग बगाएको थियो ।
  •       बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेहरुलाई निकै समस्या भएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक ।
    दुई साताअघि आएको बाढीले जिर्ण भइसकेको पुल भत्काएपछि पूर्ण रुपले आवागमन ठप्प भएको छ । 
    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका अन्तरगत पर्ने बेल्ही–मल्हनिया सडकखण्डको पुल बाढीले भत्काएको थियो । कात्तिक १ गतेदेखी तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले उक्त पुल र सडकको १५ मिटरजति भाग बगाएको थियो । 
    बेल्हीस्थित राजविराज भन्सार कार्यालय हुँदै मल्हनिया र हनुमाननगर बजार जोड्ने उक्त पुल भत्किएपछि यातायात पूर्ण रुपले ठप्प हुनुका साथै पैदल आवतजावत गर्नेहरुलाई निकै समस्या भएको छ ।
    जिर्ण भइसकेको पुलबाट जोखिम मोलेर आवतजावत गरिरहँदा अहिले पुलसहित बाटो पनि बाढीले बगाएपछि पैदलयात्रुहरुलाई निकै सास्ती व्यहोर्नु परिरहेको छ ।  
    अहिले पानी सुकेसकेपनि सडक विभागले कुनै चासो नदिदा आवागमन ठप्पै रहेको र आफूहरु समस्यामा परेको स्थानिय पंकज झाको गुनासो छ ।
    ५/६ किलोमिटरको दुरीमा रहेको हनुमाननगर बजार अहिले बाटो अवरुद्ध भएपछि बैकल्पिक मार्ग राजविराज हुँदै २५ किलोमिटरको घुमाउरो बाटो प्रयोग गर्नु पर्ने बाध्यता रहेको उनको भनाई छ । 
    यता स्थानियले भत्केको पुल र सडक चाडो निर्माण गरि आवागमन सूचारु र सहज बनाउन सम्बन्धीत निकायसँग माग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
केन्द्र सरकारले स्वास्थ्य क्षेत्रमा स्वायत्त  दिएको छैन ः प्रदेश मन्त्री साह
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
कथबनिया समाजको शुभकामना  आदान प्रदान सम्पन्न 
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
पसलबाट लाखौंको धनमाल चोरी गर्ने दुई नाबालक पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
बैद्य–प्रकाश मानव अधिकार पुरस्कारवाट मनोहर सम्मानित 
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
दाहसंस्कारको तयारी भइरहेका बेला  बालकले शरीर हल्लाएपछि पाए नयाँ जिवन
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
नेवि संघले झण्डा फहराई मनायो प्रजातन्त्र दिवस 
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द
उपाध्यक्षका श्रीमानद्वारा कर्मचारीलाई हातखुट्टा  काट्ने धम्की, बिरोधमा कार्यालय बन्द