राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत

राजविराज राजविराज
|
मंगलबार, कार्तिक १६, २०७८
|
|
४३ पटक हेरिएको
Shares
राजनैतिक पार्टीहरुकै संरक्षणमा  भ्रष्टाचार भइरहेको छ ः डा. सिके राउत

सारांश

  •     कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पार्दै उनीहरुकै  संरक्षणमा भ्रष्टाचार मौलाएकोले यसलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिएका छन् ।
  •       सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् ।
  •       उनले अब भ्रष्टाचारीलाई जनताबाटै जनकारबाही शुरु गरिसकेकोले यसमा सबैको सहयोग आवश्यक रहेकोले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना भएको उल्लेख पनि गरे ।

दैनिक समाचारदाता
राजविराज, १५ कात्तिक ।
    जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले मुलुकमा राजनैतिक पार्टीहरुकै संरक्षणमा भ्रष्टाचार भइरहेको आरोप लगाएका छन् । 
    कांग्रेस, एमाले, माओवादी, जसपाले देशलाई चरम गरिवीको चपेटामा पार्दै उनीहरुकै  संरक्षणमा भ्रष्टाचार मौलाएकोले यसलाई नियन्त्रण गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड समेत दिएका छन् । 
    सप्तरीको कञ्चनरुप नगरपालिका ३ स्थित बरमझियामा सोमबार जनमत पार्टी नगरसमिति कञ्चनरुपद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएका हुन् । 
    उनले अब भ्रष्टाचारीलाई जनताबाटै जनकारबाही शुरु गरिसकेकोले यसमा सबैको सहयोग आवश्यक रहेकोले देशको विकास र सुशासनका लागि जनमत पार्टी स्थापना भएको उल्लेख पनि गरे । 
    उनले देशको विकास र समृद्धिमा प्रमुख बाधक भ्रष्टाचार नै रहेकोले देशको विकास र सुशासनका लागि विभिन्न निकायमा भइरहेको भ्रष्टाचार तत्काल रोक्नुपर्ने बताए । 
    कार्यक्रममा जनमत पार्टीका उपाध्यक्ष मो.अब्दुल खानले मधेसी जनताको अधिकार प्राप्त गर्न अगामी निर्वाचनमा जनमत पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । 
    जनमत पार्टी कंचनरुप नगर समितिका अध्यक्ष अनिल पंजियारको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला सह–सचिव शिवनन्दन मेहता, नेता ईन्द्रदेव कौडरिया, उमेश दास, मो. समिम शेख, बिशेश्वर मेहतालगायतले सम्बोधन गर्दै भ्रष्टाचारीहरुलाई जनकारवाही गर्ने चेतावनी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरी जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको तदर्थ समिति गठन
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
सप्तरीका ११ मतदान केन्द्रलाई टुक्राएर  अर्को मतदान केन्द्र थप्ने सिफारिस, थप नौं हजार १ सय १४ जनाको नाम दर्ता 
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
२५ लाखको लागतमा ऐतिहासिक पोखरीलाई नयाँ रुप दिइदै
खुला रुपमा सेनेटेरी प्याड वितरण 
खुला रुपमा सेनेटेरी प्याड वितरण 
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
गजेन्द्र नारायण सिंह अस्पतालमा २५  बेडको कोभिड–१९ अस्पताल सञ्चालन
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पढाई अवरोध भएको भन्दै क्याम्पसमा तोडफोड 
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
पालिकाद्वारा किसानहरुका लागि सिंचाईका निम्ति छुट्टै ट्रान्सफर्मरसहित मास्टर मिटर जडान
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण
विद्यार्थी र किसान परिवारद्वारा सप्तरीका दुई सय विपन्न परिवारलाई खाद्यान्न बितरण