खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक

राजविराज राजविराज
|
सोमबार, कार्तिक २२, २०७८
|
|
२२ पटक हेरिएको
Shares
खेतमा फ्यालिएको ज्युँदै नवजात  शिशुले पायो अभिभावक

सारांश

  •     गत बुधबार कुकुर तिहारका दिन साँझ ६ बजेतिर अन्दाजी एक÷डेढ महिनाको सो नवजात शिशु खेतमा वेवारिसे अवस्थामा ज्यूँदै फेला परेको थियो ।
  •       स्थानिय केही यूवाहरु बजारको काम सकेर खेतबाटो हुँदै घर फर्किदै गर्दा नजिकैको धानखेतमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा परालको ओच्छ्यान बनाई राखिएको अवस्थामा उक्त नवजात शिशु (छोरा) फेला परेको हो ।
  •       स्थानिय र प्रहरीले वेवारिसे र जिवितै अवस्थामा रहेको बच्चाको उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ कात्तिक । 
    राजविराज नगरपालिका वडा नं. ९ मलेठको नहर चौक नजिकै धान खेतमा ज्यूँदै फ्यालिएको एक नवजात शिशुले अभिभावक पाएको छ । 
    गत बुधबार कुकुर तिहारका दिन साँझ ६ बजेतिर अन्दाजी एक÷डेढ महिनाको सो नवजात शिशु खेतमा वेवारिसे अवस्थामा ज्यूँदै फेला परेको थियो । 
    स्थानिय केही यूवाहरु बजारको काम सकेर खेतबाटो हुँदै घर फर्किदै गर्दा नजिकैको धानखेतमा बच्चा रोएको सुनेपछि खोज्दै जाँदा परालको ओच्छ्यान बनाई राखिएको अवस्थामा उक्त नवजात शिशु (छोरा) फेला परेको हो । 
    स्थानिय र प्रहरीले वेवारिसे र जिवितै अवस्थामा रहेको बच्चाको उद्धार गरि उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको थियो ।
    सो बच्चालाई हाल राजविराज २ निवासी एक निःसन्तान दम्पत्तिले धर्मपुत्र बनाएर राख्ने र उचित शिक्षादिक्षा सहित पाल्ने इच्छा र प्रतिबद्धता गरेपछि सबैको सल्लाहमा हाललाई बच्चा उनकै जिम्मा लगाइएको छ । लक्ष्मी पूजाका समयममा बच्चा भेटिएकाले उनको नाम लक्ष्मण राखिएको बच्चाको लालनपालनको जिम्मा लिएका दम्पत्तिले बताएका छन् । 
    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, राजविराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, राजविराज नगरपालिका वडा नं. ९का अध्यक्ष शम्भु प्रसाद यादव (लाली), अस्पतालका एकद्वार संकट व्यवस्थापन केन्द्रकी फोकल पर्सन मनिषा सिम्खडा र वडा नं. २ का अध्यक्ष अरुण यादवको सहभागितामा भएको छलफल पश्चात् सो निष्कर्षमा पुगेको हो । 
    बच्चालाई किन र कसले फोलेको भन्ने बारे अनुसन्धान तिब्र बनाइएको प्रहरी उपरिक्षक राजेन्द्र धमलाले बताएका छन् । यता जनप्रतिनिधी र प्रहरी अहिले ज्यूँदै नवजात शिशुलाई धान खेतमा फाल्ने अभिभावकको खोजिमा सक्रिय भएका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
सप्तरीमा पूर्व युवराज पारसको नागरिक अभिनन्दन गरिने
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
बालबालिकालाई अपराध बारे प्रहरीको सचेतना
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
पविमाविमा दाताहरुको नामाबली भएको शिलालेख अनावरणका साथै आयव्यय सार्वजनिक
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
अध्यादेश संविधान विपरीत रहेकोले थारुलाई झुक्याउने काम ः प्रदेशसभा सदस्य लेखी
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
सखुवामा भलिबल प्रतियोगिता  शुरु, पहिलो खेलमा सिरहा बिजयी
निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड
निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
मधेशका प्रणेता स्व.गजेन्द्र नारायणको सम्झना
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा
भन्सार छली ल्याइएका किराना समानसहित अटो प्रहरी नियन्त्रणमा