संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय

राजविराज राजविराज
|
शुक्रबार, मंसिर ३, २०७८
|
|
२९ पटक हेरिएको
Shares
संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय

सारांश

  •     गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार सम्पन्न संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो ।
  •       संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा पनि एकरुपता कायम गर्ने तथा विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
  •     संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २ मंसिर । 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका अन्तर्गतका सम्पूर्ण संस्थागत विद्यालयहरुमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरिएको छ ।
    गाउँपालिकाको शिक्षा शाखा प्रमुख राजेश कुमार झाको अध्यक्षतामा बुधबार सम्पन्न संस्थागत विद्यालयहरुको बैठकले सबै विद्यालयमा एकै खालको पाठ्यपुस्तक लागू गर्ने निर्णय गरेको हो । 
    संस्थागत विद्यालयहरुले विद्यार्थीहरुबाट लिने शुल्कमा पनि एकरुपता कायम गर्ने तथा विभिन्न परीक्षाहरु समेत एकै मितिमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।
    संस्थागत विद्यालयहरुले लिने शुल्कमा विभिन्नता भएकोले अभिभावकले ब्यहोर्न सक्ने र विद्यालय समेत मारमा नपर्ने गरी शुल्क निर्धारण गर्नका लागि शिक्षा शाखा प्रमुखको संयोजकत्वमा एउटा समिति समेत गठन गरिएको छ । 
    सो समितिले सबै विद्यालयमा एकरुपता कायम गर्न नर्सरीदेखि १० कक्षासम्मको पाठ्यपुस्तक सम्बन्धमा अध्ययन गरी सूचीतयार गर्ने र त्यसमाथि वृहत छलफल गरी निर्णय गरिने शिक्षा शाखा प्रमुख राजेश कुमार झाले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?