दैनिक समाचारदाता
राजविराज, २३ मंसिर ।
किसानहरू गहु बालीका निम्ति खेत तयार गरे पनि नगर भित्र सहजरूपमा उपलब्ध हुने बिउ, मल, खादको व्यवस्था गर्न नेकपा माओवादी केन्द्र हनुमाननगरले माग गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहीबार केन्द्रका नगर अध्यक्ष राहुल मण्डलले ज्ञापन पत्र बुझाउँदै कालोबजारी हुने गरेको तथा खेती समयमै गर्नु पर्ने किसानहरूको बाध्यता पनि त्यतिकै रहेको हुदा सहजै बिउ, मल, खाद्य उपलब्ध नभएकोले किसानहरू सास्ती भोग्नु परेको साथै मार्कामा पर्ने जनाइएको छ ।
किसानहरुको नाममा करोडौं, अरवौं रकम खर्च हुने, कृषि प्रधान देशमा व्यवस्था परिवर्तन भई तिन तहको सरकार गठन भई स्थानिय सरकारको पाँच बर्ष बित्न लाग्दा समेत स्थानीय सरकारले लिनुपर्ने दायित्व र गर्नु पर्ने कार्य नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।
नगरपालिकाले किसानहरूका लागि प्रतिबद्ध भएर संघ, संस्था, सहकारी तथा व्यपारीहरूलाई दिएको सिफारिस अनुरूप बिउ, मल, खाद किसानहरू पाउनुपर्ने भन्दै नगरपालिकाका निमित्त प्रमुख रामदेव यादवलाई आग्रहसहितको पत्र बुझाइएको हो ।
बिउ, मल, खादको व्यवस्था गर्न माग
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा बिहीबार केन्द्रका नगर अध्यक्ष राहुल मण्डलले ज्ञापन पत्र बुझाउँदै कालोबजारी हुने गरेको तथा खेती समयमै गर्नु पर्ने किसानहरूको बाध्यता पनि त्यतिकै रहेको हुदा सहजै बिउ, मल, खाद्य उपलब्ध नभएकोले किसानहरू सास्ती भोग्नु परेको साथै मार्कामा पर्ने जनाइएको छ ।
- किसानहरुको नाममा करोडौं, अरवौं रकम खर्च हुने, कृषि प्रधान देशमा व्यवस्था परिवर्तन भई तिन तहको सरकार गठन भई स्थानिय सरकारको पाँच बर्ष बित्न लाग्दा समेत स्थानीय सरकारले लिनुपर्ने दायित्व र गर्नु पर्ने कार्य नगरेको ज्ञापनपत्रमा उल्लेख छ ।
- नगरपालिकाले किसानहरूका लागि प्रतिबद्ध भएर संघ, संस्था, सहकारी तथा व्यपारीहरूलाई दिएको सिफारिस अनुरूप बिउ, मल, खाद किसानहरू पाउनुपर्ने भन्दै नगरपालिकाका निमित्त प्रमुख रामदेव यादवलाई आग्रहसहितको पत्र बुझाइएको हो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया