आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन

राजविराज राजविराज
|
आइतबार, मंसिर २६, २०७८
|
|
२८ पटक हेरिएको
Shares
आदिवासी जनजाती पत्रकार महासंघको नयाँ जिल्ला कार्यसमिति चयन

सारांश

  •     नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष चौधरीको अध्यक्षतमा ७ सदस्यीय समिति गठन भएको हो ।
  •       गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सहसचिवमा राधा कुमार चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छन् ।
  •       यस्तै सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी चयन भएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २६ मंसिर । 
    नेपाल आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीको अध्यक्षमा भगवती प्रसाद चौधरी चयन भएका छन् । 
    नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सप्तरीको शनिबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष चौधरीको अध्यक्षतमा ७ सदस्यीय समिति गठन भएको हो ।  
    गठित समितिको उपाध्यक्षमा जितेन्द्र प्रसाद चौधरी, सचिवमा रामनाथ चौधरी, सहसचिवमा राधा कुमार चौधरी र कोषाध्यक्षमा रन्जना चौधरी चयन भएका छन् । 
    यस्तै सदस्यहरुमा शम्भु चौधरी र अनिता चौधरी चयन भएका छन् । यसैगरि अधिवेशनले बृजमान तामाङ, प्रियासिंह थारु, डम्बर राई र रामबहादुर चौधरीलाई सल्लाहकारमा चयन गरेको छ । 
    यसअघि अधिवेशनको उद्घाटन सत्रका प्रमुख अतिथि प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले नयाँ संरचनामा काम गर्न सजिलो नभएको बताएका छन् । उनले पहिलो चौमासिक सकिन लाग्दा खर्च भने कुल बजेटको १० प्रतिशत मात्र भएको भन्दै चालुमा ८ र पुँजिगतमा २ कर्मचारी मात्र रहेकोले यस्तो अवस्था सृजना भएको बताए । पत्रकार जगतलाई सुदृढिकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो । 
    जनजाती पत्रकार महासंघककी अध्यक्ष प्रिया सिंह थारुको अध्यक्षता आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष श्रवण देव, आम सञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, जसपाका नेता विनोद चौधरी, थारु कल्याणकारी सभा सप्तरीका अध्यक्ष शिवनारायण थारु, पत्रकार मनोहर पोखरेल, आदिवासी जनजाति महासंघ सप्तरीका पूर्वअध्यक्ष बृजमान तमाङ्ग, जसपा मधेस प्रदेश २ समितिका उपाध्यक्ष शम्भु झा, रुपनी गापा अध्यक्ष हरेराम यादव लगाएकाले मन्तब्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
कामना बैंकद्वारा विद्यार्थीलाई लक्षित गरि वित्तिय साक्षरता कार्यक्रम
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
अयोध्याबाट रथ र घोडामा जनकपुरधाम आए जन्ती, विवाह पञ्चमीमा ‘तिलकोत्सव’ हुँदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
किशोर किशोरीहरु जिवन उपयोगी सीप तर्फ जागरूक हँुदै
हस्तलेखन कलाले जगाएको उत्साह
हस्तलेखन कलाले जगाएको उत्साह
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
विवादका बीच विश्वविद्यालय भवनको शिलान्यास झडपमा शिक्षा मन्त्री, सांसदसहित एक दर्जन घाइते
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
सप्तरीमा ४ लाख १८ हजार ३ सय ७४ मतदाता
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
पूर्वी भेगमा हात्ति आंतक कायमै, लाखौंको क्षति
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह 
विद्यालयमा अनिवार्य भर्ना र नियमित पठनपाठन हुनुपर्ने वातावरण बनाउन शिक्षा मन्त्रि यादवको आग्रह