गण्डकीलाई हराउदै प्रदेश २ को पहिलो जित 

राजविराज राजविराज
|
मंगलबार, पौष २७, २०७८
|
|
३८ पटक हेरिएको
Shares
गण्डकीलाई हराउदै प्रदेश २ को पहिलो जित 

सारांश

  •     मंगलवार काठमाडौंस्थित मुलपानी खेलमैदानमा टस जितेर गण्डकी प्रदेशले २० ओभरमा ७ बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो ।
  • जसमा गण्डकीका अर्जुन कुमालले ४१ रन बनाएका थिए ।
  •       बलिङतर्फ प्रदेश २ का आदिल आलम २, हरीशंकर साह, जितेन्द्र यादब र बिवेक यादबले १÷१ बिकेट लिएका थिए ।

चन्दनकुमार यादब
काठमाडौं, २७ पुस । 
    गण्डकी प्रदेशलाई २ बिकेटले पराजित गर्दै प्रदेश २ ले प्रधानमन्त्री कप टि ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
    मंगलवार काठमाडौंस्थित मुलपानी खेलमैदानमा टस जितेर गण्डकी प्रदेशले २० ओभरमा ७ बिकेट गुमाई १ सय १६ रनको योगफल खडा गरेको थियो । जसमा गण्डकीका अर्जुन कुमालले ४१ रन बनाएका थिए । 
    बलिङतर्फ प्रदेश २ का आदिल आलम २, हरीशंकर साह, जितेन्द्र यादब र बिवेक यादबले १÷१ बिकेट लिएका थिए । 
    जवाफमा प्रदेश २ ले १८ ओभर १ बलमा ८ बिकेट गुमाएर बिजय लक्ष्य हासिल गरेको थियो । प्रदेश २ को जितमा हासिम अंन्सारीले सर्वाधिक २६ रन जोडेका थिए भने सन्तोष कार्कीले २३ रन बनाएका थिए । हरेकृष्ण साहले १७ रन जोडेका थिए । 
    यता गण्डकी प्रदेशका कृष्ण पौडेल ३, सुभाष भण्डारी र विशाल पौडेल २÷२ बिकेट लिएका थिए । खेलको म्यान अफ द प्लेयर गण्डकीका अर्जुन कुमाल घोषित भए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?