कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 

राजविराज राजविराज
|
शुक्रबार, पौष ३०, २०७८
|
|
३३ पटक हेरिएको
Shares
कोरोना सम्बन्धी अनुरोधलाई वेवास्ता गरिए प्रशासन कार्यालयले कारवाही गर्ने 

सारांश

  •     प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा हस्ताक्षरित सूचनामा पछिल्लो समय सप्तरीमा संक्रमण दर बढेको देखिएको हुँदा जिल्लावासी तथा राजनीतिक दल, जनप्रतिनिधि एवं सम्बद्ध सबैलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न, २५ जना भन्दा बढीको जुलुस, सभा, ¥याली, मेला, बैठक नगर्न नगराउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।
  •       पटक पटक अनुरोधलाई वेवास्ता गरिएमा कानुन बमोजिम कारवाही गर्न प्रशासन कार्यालय बाध्य हुने व्यहोरा समेत सूचनामा उल्लेख छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, ३० पुस ।       
     

     जिल्ला प्रशासन कार्यालय सप्तरीले शुक्रबार जनहितका लागि एक सूचना जारि गर्दै कोरोनाको जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई कोरोना संक्रमणको जोखिम न्युनिकरण गर्ने कार्यमा सबैसँग अनुरोध गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमद्वारा हस्ताक्षरित सूचनामा पछिल्लो समय सप्तरीमा संक्रमण दर बढेको देखिएको हुँदा जिल्लावासी तथा राजनीतिक दल, जनप्रतिनिधि एवं सम्बद्ध सबैलाई सार्वजनिक स्थलमा भिडभाड नगर्न, २५ जना भन्दा बढीको जुलुस, सभा, ¥याली, मेला, बैठक नगर्न नगराउन, अनिवार्य रुपमा मास्क प्रयोग गर्न, भौतिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरिएको छ ।  
    पटक पटक अनुरोधलाई वेवास्ता गरिएमा कानुन बमोजिम कारवाही गर्न प्रशासन कार्यालय बाध्य हुने व्यहोरा समेत सूचनामा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?