भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा

राजविराज राजविराज
|
शुक्रबार, माघ ७, २०७८
|
|
२५ पटक हेरिएको
Shares
भारतबाट तस्करी गरि ल्याउँदै गरेको लाखौंको पान मसाला प्रहरी नियन्त्रणमा

सारांश

  •     पक्राउ पर्नेमा टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका ५ बस्ने २० वर्षिय चन्दनकुमार मण्डल र सोही गाउँपालिका ३ बस्ने ४६ वर्षिय हरिनारायण साह छन् ।
  •       बिहीबार साँझ हुलाकी मार्ग हुँदै राजविराज प्रवेश गरेको प्रदेश–१–०२–००२ ख.
  • २७०४ नम्बरको टेम्पोलाई राजविराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, ७ माघ ।
    सीमावर्ती भारतीय बजारबाट भन्सार छलि चोरबाटो हुँदै टेम्पोमा ल्याउँदै गरेको लाखौं मुल्य बराबरको पान मसालासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका ५ बस्ने २० वर्षिय चन्दनकुमार मण्डल र सोही गाउँपालिका ३ बस्ने ४६ वर्षिय हरिनारायण साह छन् । 
    बिहीबार साँझ हुलाकी मार्ग हुँदै राजविराज प्रवेश गरेको प्रदेश–१–०२–००२ ख. २७०४ नम्बरको टेम्पोलाई राजविराज वडा नं. ७ स्थित खर्साल टोलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव काफ्लेले जानकारी दिए ।
    ठूलो परिमाणमा पान मसाला ल्याउँदै गरेको गोप्य सूचनाको आधारमा डिएसपीकै नेतृत्वमा खटेको टोलीले उक्त टेम्पोबाट अवैध रुपमा ल्याइएको ३ सय ३० प्याकेट रजनीगन्धा र १ सय ३६ प्याकेट तुलसी (सूर्ती) बरामद गरेको हो । 
    त्यस्तै तस्करीमा प्रयोग गरिएको टेम्पोसहित बरामद सामानको ७ लाख १९ हजार ७ सय २० रुँपैया मुल्याङ्कन गरिएको छ । 
    उनीहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीका लागि तिलाठीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
तोपामा अत्याधुनिक प्रयोगशाला संचालन 
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नेपाल भारतबीचको सम्बन्ध अझ प्रगाढ हुनुपर्छ ः वक्ताहरु
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
राजविराजमा यूवा व्यापारीद्वारा सराहनिय कार्य, गरिब, विपन्न तथा नागरिकताबिहीन व्यक्तिलाई गुप्त दानमार्फत राहत बितरण 
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
लागुऔषध र मोटरसाइकलसहित  चार युवक पक्राउ
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
सप्तरीका एसपी र डिएसपीसहित १७ जना कोरोना संक्रमित
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
कावा नगरप्रमुखले आर्थिक अनियमितता गरेको भन्दै राजनीतिक दलद्वारा छानबिनको माग 
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
सामाजिक रुपान्तरमा सहकारीको भूमिका अहम ः कृषि तथा सहकारी मन्त्री साह
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित
पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस  युनियनका श्रवण देव निर्वाचित