दैनिक समाचारदाता
राजविराज, १२ फागुन ।
राजविराजस्थित खानेपानी सरसफाई डिभिजन कार्यालयमा कार्यरत कर्मचारी सूर्य नारायण यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
गत फागुन ५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकाको जगमोहन भन्ने स्थानमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
कामविशेषले जाँदै गर्दा उनीहरु चढेको मोटरसाइकललाई पछाडीबाट तिब्र गतिमा आउँदै गरेको माछा बोकेको लु.२च. ७९२८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार उक्त घटनामा गम्भिर घाइते भएका मोटरसाइकल चालक सप्तरीको विष्णुपुर गाउँपालिका ४ घर भएका ५२ वर्षिय यादवको बुधबार राती उपचारका क्रममा बिराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाइकलमा सवार राजविराज नगरपालिका ७ का ४० वर्षिय दिपेन्द्र यादवको भने उपचार जारि रहेको प्रहरीले जनाएको छ ।
ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका खानेपानीका कर्मचारीको उपचारका क्रममा मृत्यु
सारांश
- गत फागुन ५ गते पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिकाको जगमोहन भन्ने स्थानमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा उनी गम्भिर घाइते भएका थिए ।
- कामविशेषले जाँदै गर्दा उनीहरु चढेको मोटरसाइकललाई पछाडीबाट तिब्र गतिमा आउँदै गरेको माछा बोकेको लु.
- २च.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया