अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन

राजविराज राजविराज
|
बिहिबार, माघ १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
अज्ञात सहिद साकेतको शालिकमा  दिप प्रज्जवलन, दिलिपलाई सम्झिएन

सारांश

  •     सहिद साकेत पार्कमा अवस्थित साकेत चन्द्र मिश्रको शालिकमा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, पार्क संरक्षण समितिका संयोजक सोमेशचन्द्र मिश्र, काँग्रसका नेता अजित मिश्र, काँग्रसका युवा नेता शब्बिर आजमलगायतले फुलमाला अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै मैनवत्ति प्रज्वलन गरेका थिए ।
  •       २०४२ सालको राजदरबार बम काण्डमा तत्कालिन राज्यबाट वेपत्ता पारिएका साकेतको हालसम्म पनि अवस्था अज्ञातै रहेको छ ।
  • यता साकेतसँगै दरबार बम काण्डमा शहिद भएका धनुषाका दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गरिसकेको अवस्थामा साकेतलाई सहिद घोषणा गर्न नसक्नुमा राज्यको गम्भिर त्रृटी भएको काँग्रेस जिल्ला सचिव यादवले आरोप लगाए ।

दैनिक समाचारदाता
राजविराज, १६ माघ । 
    सहिद दिवसको अवसरमा बुधबार साँझ सहिद साकेत चन्द्र मिश्रको शालिकमा मैनवत्ति प्रज्वल गरिएको छ । यद्दपी सरकारीस्तरबाट साकेतलाई अझै सहिद घोषणा गर्न सकेको छैन् । 
    सहिद साकेत पार्कमा अवस्थित साकेत चन्द्र मिश्रको शालिकमा नेपाली काँग्रेस सप्तरीका सचिव रामकुमार यादव, पार्क संरक्षण समितिका संयोजक सोमेशचन्द्र मिश्र, काँग्रसका नेता अजित मिश्र, काँग्रसका युवा नेता शब्बिर आजमलगायतले फुलमाला अबिर लगाएर श्रद्धाञ्जली व्यक्त गर्दै मैनवत्ति प्रज्वलन गरेका थिए । 
    २०४२ सालको राजदरबार बम काण्डमा तत्कालिन राज्यबाट वेपत्ता पारिएका साकेतको हालसम्म पनि अवस्था अज्ञातै रहेको छ । यता साकेतसँगै दरबार बम काण्डमा शहिद भएका धनुषाका दुर्गानन्द झालाई राज्यले सहिद घोषणा गरिसकेको अवस्थामा साकेतलाई सहिद घोषणा गर्न नसक्नुमा राज्यको गम्भिर त्रृटी भएको काँग्रेस जिल्ला सचिव यादवले आरोप लगाए । 
    यस्तै सप्तरीका अर्का सहिद दिलिप चौधरीलाई सहिद दिवसको दिनमा सम्झिएको छैन् । उनी पनि सरकारी सहिदको सूचीमा पर्न सकेका छैनन् । सहिद घोषणा भएका जनकपुरमा दुर्गानन्द झा र सहिद घोषणा हुन बाँकी रहेको सप्तरीका साकेत र दिलिपसँग सँगै तत्कालिन राजदरबार बिरोधी आन्दोलनमा सक्रिय थिए ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
आफैले समय मिलाएको पत्रकार सम्मेलनमा अनुपस्थित भइन् अधिकृत साह
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
कांग्रेस सप्तरीमा २१ हजारभन्दा बढी सक्रिय सदस्य
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
वडाध्यक्षले कामै नगरी रकम हजम  गरेको भन्दै अख्तियारमा उजुरी 
छिन्नमस्ता पूर्ण विद्यालय भर्ना गाउँपालिका घोषणा 
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते
दुर्घटनामा श्रीमान श्रीमतीको  मृत्यु, छोरा घाइते
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
भारतीय महिलाले किर्ते गरी लिएको नेपाली नागरिकता बदर गर्न माग 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सरकारी छाप दस्तखत किर्ते गरेको आरोपमा दुई जना पक्राउ 
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका
जलवायु परिवर्तनको चुनौति र स्थानीय तहको भूमिका