कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 

राजविराज राजविराज
|
आइतबार, फाल्गुन २९, २०७८
|
|
२५ पटक हेरिएको
Shares
कम बजेटमा पनि मधेश प्रदेश सरकार हरेक क्षेत्रमा विकास गर्दै ः मन्त्री साह 

सारांश

  •     मिडिया काउन्सील मधेश प्रदेशद्वारा आइतबार राजविराजमा आयोजना गरिएको संचार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       सीमित श्रोत साधनका बाबजुद पनि मधेश प्रदेश सरकारले हरेक क्षेत्रको विकासका लागि काम गरिरहेको मन्त्री साहले बताए ।
  • उनले यस्तो अवस्थाका बाबजुद मधेश प्रदेश सरकारले हरेक क्षेत्रसँगै राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार र पत्रकारिता क्षेत्रको उत्थानका लागि काम गरिरहेको दाबी समेत गरे ।

दैनिक समाचारदाता
राजविराज, २९ फागुन । 
    मधेश प्रदेशका आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले संघीय सरकारको एक मन्त्रालयले पाउने रकम भन्दा पनि कम पाउने बजेटले प्रदेश संचालन गरिरहनु परेको बताएका छन् । 
    मिडिया काउन्सील मधेश प्रदेशद्वारा आइतबार राजविराजमा आयोजना गरिएको संचार माध्यम र पत्रकार आचारसंहिता निर्माण सम्बन्धी सुझाव संकलन कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    सीमित श्रोत साधनका बाबजुद पनि मधेश प्रदेश सरकारले हरेक क्षेत्रको विकासका लागि काम गरिरहेको मन्त्री साहले बताए । उनले यस्तो अवस्थाका बाबजुद मधेश प्रदेश सरकारले हरेक क्षेत्रसँगै राज्यको चौथो अंगको रुपमा रहेको पत्रकार र पत्रकारिता क्षेत्रको उत्थानका लागि काम गरिरहेको दाबी समेत गरे । 
    मिडिया काउन्सील मधेश प्रदेशका अध्यक्ष शिवहरिप्रसाद भट्टराईको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुबी कर्ण, प्रेस आउन्सीलका पूर्व सदस्य अनिलकुमार अनल, मन्त्रालयका सचिव रामकुमार महतो, आमसंचार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, सचिव भोला पासवान, महासंघ सप्तरी शाखाका अध्यक्ष श्रवण देव, सिरहा शाखाका अध्यक्ष मनोज बनरैत यादवले पनि आ–आफ्नो सुझाव दिएका थिए । 
    कार्यक्रममा सिरहा र सप्तरीका संचारकर्मीहरुलाई दुई समूहमा विभाजन गरि पत्रकार आचारसंहितामा समावेश गर्नु पर्ने र प्रस्तावित आचारसंहिताबाट हटाउनु पर्ने विषयहरुबारे समूहगत छलफल चलाइएको थियो । 
    कार्यक्रममा मिडिया काउन्सीलका सदस्य कैलाश दास, बन्दना झा, रिंकु मिश्रा र अर्जुन मण्डलले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण अब जनकपुरबाट हुने
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
अदालतबाट कैद सजाय तोकिएका दुई फरार अभियुक्त पक्राउ
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
नेपालमा मुश्लिम र हिन्दुबिचको एकता विश्वमै  उदाहरणीय ः उद्योग मन्त्री मातृका यादव
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
प्रधानमन्त्री कप प्रदेश छनौटमा सप्तरी बिजयी 
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
दुई महिनामै सहुलियत दरको जनस्वास्थ्य प्रयोगशालामा आकर्षण घट्दै
एक हजार दुई सय गाँजा बोट नष्ट
एक हजार दुई सय गाँजा बोट नष्ट
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
काँग्रेसले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छ ः मेयर प्रत्यासी अन्सारी
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
भारतीय नागरिक चार किलो चाँदीका गरगहनासहित पक्राउ
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने
माग सुनुवाई नभएको भन्दै वडा सदस्यहरुले नगरपालिकामा धर्ना दिने