राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश

राजविराज राजविराज
|
सोमबार, चैत्र १४, २०७८
|
|
२० पटक हेरिएको
Shares
राजविराज द किंग्स सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश

सारांश

  •     यस्तै मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेलबाट अर्को फाइनल खेल्ने टिमको छनौट हुनेछ ।
  •       सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गरेको छ ।
  •       जायन्ट्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन मात्र बनायो ।

दैनिक समाचारदाता
राजविराज, १४ चैत । 
    राजविराजमा जारि मेयर कप सप्तरी प्रिमियर लिगको सोमबार सम्पन्न दुईवटा खेलमा राजविराज द किंग्स र तिलाठी कोइलाडी जायन्ट्स विजयी भएका छन् । यो जितसँगै राजविराज द किंग्स फाइनलमा प्रवेश गरेको छ । 
    यस्तै मंगलबार तिलाठी कोइलाडी र राजविराज ब्रदर्श बीचको खेलबाट अर्को फाइनल खेल्ने टिमको छनौट हुनेछ । 
    सम्पन्न पहिलो खेलमा तिलाठी कोइलाडी जायन्ट्सले टिभीएस किंग्स राजविराजलाई ५० रनले पराजित गरेको छ । 
    जायन्ट्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा किंग्सले २० ओभरमा ९ विकेट क्षेतीमा १४१ रन मात्र बनायो । टिभीएस किंग्स राजविराजका ओपनर रोहन विकले आक्रामक ब्याटिंग गर्दै ८२ रन बनाएता पनि अन्य ब्याट्सम्यानले साथ दिन नसक्दा जित्न पर्याप्त रहेन । 
    यु–१६ राष्ट्रिय क्रिकेटर रहीसकेका विकले ५४ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । अर्का ओपनर शेख इमरानले २३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक पार गर्न सकेनन् । कप्तान महबुब आलमले ४ रन मात्र बनाउन सके ।
    प्लेयर अफ द म्याच समेत चुनिएका तिलाठी कोइलाडीका सुनिल धमलाले ४ विकेट लिए । योगेन्द्र सिंह कार्कीले ३ तथा रोहण विश्वकर्माले २ विकेट लिए ।
    टस जितेर ब्याटिंग रोजेको तिलाठी कोइलाडीले २० ओभरमा ४ विकेट क्षेतीमा १ सय ९१ रन बनाएको थियो । तिलाठी कोइलाडीको ब्याटिंगमा राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सुनिल धमलाले ७२ रन बनाए । जुन क्रममा उनले ४२ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै रोहन विश्वकर्माले अविजित ४०, योगेन्द्र सिंह कार्कीले ३० तथा भुवन कार्कीले २४ रनको योगदान गरे । टिभीएस किंग्स राजविराजका बलर महबुब आलमले २ तथा बिशाल सुश्लिंग र शेख इमरानले १÷१ विकेट लिएका थिए ।
    राजविराज नगरपालिकाको सहयोग तथा क्रिकेट संघ सप्तरीको आयोजनामा संचालित प्रतियोगितामा कुल पाँच टिमको सहभागिता रहेको छ । 
    यस्तै सोमबारै सम्पन्न दोश्रो खेलमा राजविराज द किंग्सले डिफेन्डिङ च्याम्पियन बजाज खडक वारियर्सलाई ६ विकेटले पराजित गरेको छ । वारियर्सले दिएको १२३ रनको लक्ष्य द किंगले १६.१ ओभरमा ४ विकेट क्षतीमा भेटायो । 
    राजविराज द किंग्सको ब्याटिंगमा ओपनर शंकर रानाले सर्वाधिक ७४ रन योगदान दिए जुन क्रममा प्लेयर अफ द म्याच चुनिएका उनले ५३ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । सन्तोष कार्कीले १९ रन बनाए । वारियर्सका बलर सर्वन यादव, अरनिको यादव, मुकुन्द यादव र सिद्धान्त लोहनीले १÷१ विकेट लिए । 
    यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले २० ओभरमा सबै विकेट गुमाएर १२२ रन बनाएको थियो ।
    वारियर्सको ब्याटिंगमा राज वर्माले सर्वाधिक २५ रोबिन सिंहले २० तथा सर्वन यादवले १९ रन योगदान दिए । राजविराज द किंग्सका बलर रुपेश कुमार सिंहले सर्वाधिक ३ विकेट, अनिल यादव र फिर्दोश अन्सारीले २÷२ विकेट तथा रोहित कुमार सिंह र नन्दन यादवले १÷१ विकेट लिए ।
    पाँच टिम सहभागी प्रतियोगिताको लिग चरणमा सबै टिमले एकअर्का बिरुद्ध १÷१ खेल खेलेपछि उत्कृस्ठ हुने दुई टिम फाइनल प्रवेश गर्नेछन् । टिभीएस किंग्स राजविराज, राजविराज द किंग्स, बजाज खडक वारियर्स, तिलाठी कोइलाडी जायन्टस र राजविराज ब्रदर्श प्रतियोगितामा सहभागी छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
आगो ताप्ने क्रममा जलेर गम्भिर  घाईते भएकी महिलाको मृत्यु
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीच एकता समाजवादी पार्टीको २५ पदाधिकारी घोषणा
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
निर्वाचन सम्पन्न भएको १५ दिनपछि  काँग्रेस सप्तरीको अन्तिम नतिजा
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
चित्रकला र बक्तृत्वकला प्रतियोगिता सम्पन्न
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
विपतमा परेकालाई सहयोग गर्दैै ईं यादव
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
प्रतिष्ठानको काम अघि बढाउन माँग गर्दै प्रर्दशन
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी