दैनिक समाचारदाता
राजविराज, ५ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट एक युवक हतियार सहित पक्राउ परेका छन् ।
हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेज किनारमा रहेको गोलघरबाट विहीवार दिउँसो २ बजे तीर सोही वडा निवासी २६ वर्षिय रंजित मण्डल हतियार सहित पक्राउ परेका हुन ।
मण्डलको साथबाट ६ राउण्ड गोली लोड गरिएको मेड इन युएसए ९ मिमीको ब्राउनिंग अटोमेटिक पेस्तोल बरामद गरीएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गण राजविराजले जनाएको छ ।
गोलघरमा एक युवक बन्दुक बोकेर बसिरहेकोे गोप्य सुचना आएपछि सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोद मण्डलको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।
मण्डललाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागी विहीवार नै जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गणले जनाएको छ ।
पेस्तोलसहित एक पक्राउ
सारांश
- हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह स्थित कोशी ब्यारेज किनारमा रहेको गोलघरबाट विहीवार दिउँसो २ बजे तीर सोही वडा निवासी २६ वर्षिय रंजित मण्डल हतियार सहित पक्राउ परेका हुन ।
- मण्डलको साथबाट ६ राउण्ड गोली लोड गरिएको मेड इन युएसए ९ मिमीको ब्राउनिंग अटोमेटिक पेस्तोल बरामद गरीएको सशस्त्र प्रहरी बल नम्बर ६ हेडक्वाटर गण राजविराजले जनाएको छ ।
- गोलघरमा एक युवक बन्दुक बोकेर बसिरहेकोे गोप्य सुचना आएपछि सशस्त्र प्रहरी बरिष्ठ हबल्दार विनोद मण्डलको नेतृत्वमा पुगेको टोलीले उनलाई पक्राउ गरेको सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया