दैनिक समाचारदाता
जनकपुरधाम, ७ असार ।
मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशका आठ वटै जिल्लामा संचालन हुने गरि घुम्ती कोभिड १९ खोप सेवाको शुभारम्भ गरेका छन् ।
मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई लक्षित वर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
कोभिड १९को भ्याक्सीनले जनजिवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीहरुका साथै वच्चाहरुको लागी समेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।
घुम्ती सेवा बाट एक लाख व्यक्ती लाभान्वीत हुने लक्ष्य लिइएको छ । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साह, महिला, वालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहसहित समाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य महाशाखाका विभिन्न पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
मधेश प्रदेशको ८ वटौ जिल्लामा घुम्ती खोप सेवा शुरु
सारांश
- मधेश प्रदेश सरकार, अस्ट्रेलियन एड तथा आड्राको संयुक्त सहयोगमा वागमती सेवा समाज सर्लाहीले संचालन गर्न लागेको घुम्ती कोभिड १९ खोप सेवाको मुख्यमन्त्री राउतले एक कार्यक्रमबीच मंगलबार शुभारम्भ गरेका हुन् ।
- मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री राउतले घुम्ती सेवामा परिचालित हुने स्वास्थ्यकर्मीहरुलाई गम्छा ओढाई लक्षित वर्गलाई यस सेवाले फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
- कोभिड १९को भ्याक्सीनले जनजिवनलाई सहज बनाएको स्मरण गर्दै मुख्यमन्त्री राउतले वृद्ध, अशक्त, अपांग तथा दीर्घ रोगीहरुका साथै वच्चाहरुको लागी समेत घुम्ती सेवा संचालन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया