दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी

राजविराज राजविराज
|
शुक्रबार, श्रावण २०, २०७९
|
|
२१ पटक हेरिएको
Shares
दुई देशको नागरिकता लिएको भन्दै उपमेयर र उनका श्रीमानबिरुद्ध उजुरी

सारांश

  •     सो नगरपालिकाकी उपमेयर मिरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत दुबै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उजुरी परेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिएका छन् ।
  •       उजुरीको बोदार्थ गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ ।
  •       किर्ते गरी दुबै देशको नागरिकता लिएको प्रमाणसहित बुझाइएको उजुरीका उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २० साउन । 

    दुई देशको नागरिकता लिएर किर्ते गरेको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उपमेयर र उनका श्रीमानबिरुद्ध छानवीनको माग गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी परेको छ । 
    सो नगरपालिकाकी उपमेयर मिरा कुमारी यादव र उनका श्रीमान महेन्द्र यादवले किर्ते गरी नेपाल र भारत दुबै देशको नागरिकता लिएको भन्दै जिल्ला प्रशासन कार्यालय सप्तरीमा बिहीबार उजुरी परेको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले जानकारी दिएका छन् । 
    उजुरीको बोदार्थ गृहमन्त्रालय, जिल्ला प्रहरी कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पठाइएको छ । 
    किर्ते गरी दुबै देशको नागरिकता लिएको प्रमाणसहित बुझाइएको उजुरीका उजुरीकर्ताको नाम भने गोप्य राखिएको छ । प्रजिअ गौतमले दुबै जनाबिरुद्ध उजुरी परेकोले शुक्रबारदेखी वास्तविक्ता बारे बुझ्ने काम भइरहेको बताए ।
    उजुरीमा किर्ते गरी नेपाली नागरिकता लिने उपप्रमुख मिरा र उनका श्रीमान महेन्द्र यादवमाथी नागरिकता ऐन २०६३ को दफा १२ बमोजिमको कारवाही गर्दै पदबाट निलम्बन गरी हदै सम्मको सजाय गर्न माग गरिएको छ । 
    मिरा र उनका पती महेन्द्र भारत बिहार राज्य अन्र्तगत मझारी ग्राम पंचायत, अंचल निर्मली जिल्ला सुपौल निवासी भएको दावी समेत उजुरी पत्रमा उल्लेख छ । त्यस्तै उनीहरुको नाममा जारी भएको भारतीय आधार कार्ड तथा भारतको विहार राज्यको विधानसभामा निर्वाचनका लागी प्रयोग हुने मतदाता नामावलीको विवरण समेत उजुरी पत्रमा समावेश गरिएको छ । 
    बिहार राज्यको विद्यानसभा निर्वाचन नियमावली २०२२ मा मिराको मतदाता क्रम संख्या ६३३ र उनका पति महेन्द्रको ६३२ रहेको उल्लेख छ । उजुरी पत्रमा उनीहरुले भारत सरकारको निर्वाचन आयोगबाट लिएका फोटो सहितको पहिचान पत्र र सपथ पत्र पनि समावेश गरिएको छ । 
    यता उपप्रमुख मिराले भने उक्त आरोप निराधार रहेको दाबी गरेकी छिन् । उनले आफ्नो माईती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र घर डाक्नेश्वरी नगरपालिका मै रहेको बताउँदै विपक्षीले फसाउन यस्तो झुठा कुरा प्रचारमा ल्याएको जिकिर गरिन् । उनले विपक्षीले बुझाएको सबै प्रमाण नक्कली रहेको दाबी समेत गरेकी छिन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन
अन्तर्राष्ट्रिय आप्रवासी दिवसमा दिप प्रज्वलन
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
कार्यालयको पर्खालमा कोरिदै मिथिला चित्रकला  
बैदेशिक रोजगारीमा पीडित भएकाहरुलाई न्याय दिलाएको भन्दै एसपी विष्ट सम्मानित
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
जेसीजद्वारा बृक्षारोपनका साथै भित्तेपात्रो विमोचन
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
प्रसुती गृहहरुमा स्वास्थ्य सामग्री उपकरणहरु प्रदान 
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
इतिहासविद् दासको निधनले जिल्लावासीलाई अतुल्निय क्षति
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
प्रम ओलीको समर्थनमा गर्न लागिएको कार्यक्रम  आफ्नै पार्टीका नेता कार्यकर्ताबाट बिथोलियो
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
विश्व वातावरण दिवसमा  त्रियुगामा बाँसको बिरुवा रोपिए
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
बार एशोसिएसनको पहिलो तल्लाको शिलान्यास
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै
महामारी नियन्त्रण तथा रोकथामका लागि किटनाशक औषधी छर्किदै

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह