ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा

राजविराज राजविराज
|
शनिबार, श्रावण २१, २०७९
|
|
३२ पटक हेरिएको
Shares
ओली कै कारण नेकपा एकीकृत समाजवादीको उदय भयो ः उपमहासचिव खतिवडा

सारांश

  •     उनले भने, “एमाले विभाजनलाई इमान्दार साथीहरुको बिद्रोहको रुपमा लिनुपर्छ ।
  • ” उनले आफ्नो पार्टी बेइमानहरु बिरुद्ध संघर्ष गर्ने पार्टी भएको बताउँदै आफ्ना नेता कार्यकर्तालाई इमान्दार भएर अघि बढ्न सुझाव पनि दिए ।
  •       पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई इमान्दारीका साथ जनताको मन जित्ने काममा लाग्न उनले आग्रह समेत गरे ।

    राजविराज÷नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रचार प्रसार विभाग प्रमुख जगरनाथ खतिवडाले नेकपा एमालेलाई छाडेर नेकपा एकीकृत समाजवादी गठन हुनुको मुख्य कारक तत्व केपी ओली भएको बताएका छन् ।
    शनिबार राजविराजमा समाजवादी प्रेस संगठन नेपाल सप्तरीको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । 
    उनले केपी ओलीको स्वेच्छाचारी व्यवहार र कार्यशैलीका कारण उक्त पार्टीमा विभाजन भई नेकपा एकीकृत समाजवादीको उदय भएको बताए ।
    उनले भने, “एमाले विभाजनलाई इमान्दार साथीहरुको बिद्रोहको रुपमा लिनुपर्छ ।” उनले आफ्नो पार्टी बेइमानहरु बिरुद्ध संघर्ष गर्ने पार्टी भएको बताउँदै आफ्ना नेता कार्यकर्तालाई इमान्दार भएर अघि बढ्न सुझाव पनि दिए । 
    पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई इमान्दारीका साथ जनताको मन जित्ने काममा लाग्न उनले आग्रह समेत गरे । 
    कार्यक्रममा हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीको तर्फबाट विभिन्न स्थानिय तहमा निर्वाचित भएकाहरुलाई प्रमुख अतिथि खतिवडाले कदरपत्रबाट सम्मान गरे । 
    समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष अनिल पोखरेलको अध्यक्षतामा आयोजित अधिवेशन उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष प्रतापनारायण चौधरी, जिल्ला इन्जार्च एवं केन्द्रिय सदस्य गोबिन्द न्यौपाने, मधेश प्रदेशका सहइन्चार्ज रामप्रित पासवान, बुद्धिजीवी परिषदका सचिवालय सदस्य नथुनी दास, परिषदका जिल्ला अध्यक्ष अनिल अनल, सल्लाहकार सुरेन्द्र प्रसाद गुप्ता, संगठनका केन्द्रिय उपाध्यक्ष प्रकाश खतिवडा, अवकाशप्राप्त शिक्षिका मञ्जु श्रेष्ठ, शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्र प्रसाद गुप्तालगायतले शुभकामना दिए । 
    शनिबारै सम्पन्न प्रेस संगठनको बन्द सत्रले पुनः अनिल पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
अदालतको फैसला कार्यान्वयन ः प्रहरीले गुण्डागर्दी शैलीमा कुटपिट गर्दै हतकडी लगाई डोजर चलाएर घर भत्काएको पीडितको आरोप
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
खाडो पुलको ढलाई उपकिएपछि रड समेत देखिन थाल्यो
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह
सवारीसाधनमा प्रेस लेखेर  चलाउने क्रम बढेपछि नियन्त्रणका  लागि प्रशासनसँग आग्रह
सर्पले टोक्दा युवकको मृत्यु
सर्पले टोक्दा युवकको मृत्यु
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
म्याजिकलाई ट्रकले ठक्कर दिँदा तीनको मृत्यु, १२ जना घाइते
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
महिला सशक्तिकरणका लागि मिलेर काम गर्नु पर्नेमा जोड
बढ्यो चिसो, जनजीवन प्रभावित
बढ्यो चिसो, जनजीवन प्रभावित
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
हनुमाननगर कंकालिनीका वडा अध्यक्षको अमानविय कार्य कोशी घाटमा पालिका बाहिरको शव जलाउनमा रोक 
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
मेयर कप सप्तरी प्रिमियर लिगमा तिलाठी र रुपनी बिजयी

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह