नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख

राजविराज राजविराज
|
बुधबार, कार्तिक ७, २०७५
|
|
३० पटक हेरिएको
Shares
नागरिक र प्रहरी बिचको सम्बन्धलाई  थपसुमधुर बनाउनुपर्छ ः प्रदेश प्रहरी प्रमुख

सारांश

  •     सप्तरीको बोदेबसाईन नगरपालिका ८ काचनस्थित नवनिर्मित प्रहरी भवनको बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताउँदै प्रहरी जनता मैत्री बन्न हरसम्भव प्रतिबद्ध रहेको जिकिर गरे ।
  •     कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल जनताको सहभागिता बिना प्रहरीको सेवा असम्भव रहेकोले जनतासँग प्रहरी काँधमा काँध मिलाएर अपराधलाई निरूसाहित गर्नुपर्नेमा जोड दिए ।
  •     यस्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले सुरक्षा बिना बिकास सम्भव नरहेको जस्तै जनताको सहयोग बिना शान्ति सुरक्षा दिन नसकिने उल्लेख गर्दै शान्ति सुरक्षाका बिषयलाई सहज बनाउन स्थानिय निकायको सहयोग आबश्यक रहेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ७ कात्तिक ।
    प्रदेश नं. २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक दिनेश अमात्यले जनता मैत्री प्रहरी सेवा दिन नागरिक र प्रहरी बिचको सम्बन्धलाई थपसुमधुर बनाउनुपर्ने बताएका छन् ।
    सप्तरीको बोदेबसाईन नगरपालिका ८ काचनस्थित नवनिर्मित प्रहरी भवनको बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताउँदै प्रहरी जनता मैत्री बन्न हरसम्भव प्रतिबद्ध रहेको जिकिर गरे ।
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल जनताको सहभागिता बिना प्रहरीको सेवा असम्भव रहेकोले जनतासँग प्रहरी काँधमा काँध मिलाएर अपराधलाई निरूसाहित गर्नुपर्नेमा जोड दिए ।
    यस्तै सप्तरीका प्रहरी प्रमुख राजेन्द्र बिष्टले सुरक्षा बिना बिकास सम्भव नरहेको जस्तै जनताको सहयोग बिना शान्ति सुरक्षा दिन नसकिने उल्लेख गर्दै शान्ति सुरक्षाका बिषयलाई सहज बनाउन स्थानिय निकायको सहयोग आबश्यक रहेको बताए । अबैध मदिरा, अबैध गाजा बोट जस्ता समाजका किरालाई नियन्त्रण गर्न स्थानिय सरकार सक्रिय हुनु जरूरी पर्ने उनले जिकिर गरे ।
    सो अवसरमा पूर्वमन्त्री तथा राजपा नेपालका बरिष्ठ उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादवले जनतालाई अनुभूति गराउने निकाय प्रहरी रहेकोले जनतालाई सहज रुपमा सेवा दिनुपर्ने सुझाव दिए । उनले बादेबरसाईन नगरपालिका बिकट नगरपालिका मध्ये एक भएकोले ४३ को प्रयासपछि काचनमा प्रहरी चौकी स्थापना हुन सफल भएको उल्लेख गरे ।
    यस्तै बोदेबरसाईन नगरपालिका प्रमुख आतेश कुमार सिंहले धेरै दिनको प्रयासपछि प्रहरी भवन निर्माण भएको बताउँदै ईलाका ठूलो भएकोले प्रहरीको सेवालाई सहज बनाउन नयाँ सवारीसाधन उपलब्ध गराउनुपर्नेमा जोड दिए । 
    कार्यक्रममा नेपाल पत्रकार महासंघ सप्तरी अध्यक्ष जितेन्द्र खड्गा, नागरिक समाजका थानसिंह भंसाल, वडा नम्वर ८ का अध्यक्ष लक्ष्मी साह लगायतले शान्ती सुरक्षालाई थप मजबुत बनाउन प्रहरी अझ सक्रिय हुनुपर्नेमा जोड समेत दिए । 
    नवनिर्मित ४ कोठे प्रहरी भवन बोदेबरसाईन नगरपालिकाको सहयोग तथा ३५ लाखको लगानीमा निर्माण गरिएको हो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
लागुऔषधसहित एक पक्राउ
लागुऔषधसहित एक पक्राउ
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
२२ बर्ष पछि बल्ल बन्ने भो स्व. सिंहको संग्रहालय भवन 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
कर्मचारीको धर्ना जारि,  नगरपालिकाको आपसी विवादले ४२ वटा सामुदायिक  विद्यालय संचालन एवं व्यवस्थापनमा असर 
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
मृत जन्मेको भनिएको नवजात शिशुको युनिकमा ज्यान जोगियो
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
दोब्बर भन्दा बढी मतले उपेन्द्र यादवलाई हराउँदै डा. सीके राउतको फराकिलो जीत
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह 
पशु व्यवसायीमा आत्मनिर्भर नभए सम्म कृषि  क्षेत्र बिस्तार हुदैन् ः कृषि मन्त्री साह