एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी

राजविराज राजविराज
|
शुक्रबार, पौष १, २०७९
|
|
१८ पटक हेरिएको
Shares
एलोपैथिक औषधी पसलमा छ्याप–छ्याप्ती आयुर्वेदिक औषधी

सारांश

  •     तर, यसको नियमन हुन नसक्दा एलोपैथिक औषधी पसलले खुलेआम आयुर्वेदिक औषधी विक्री गर्दै आईरहेका छन ।
  • जसकारण औषधी व्यवस्था विभाग तथा सम्बन्धित निकायमा विधिवत दर्ता गरी संचालनमा रहेका आयुर्वेदिक औषधी पसल संचालक मारमा पर्ने गरेका छ ।
  •       सप्तरी सदरमुकाम राजविराजमा मात्रै एलोपैथिक औषधी पसलको संख्या तीन दर्जन भन्दा बढी छ ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।

    कानुन विपरीत एलोपैथिक औषधी पसलमा छ्याप छ्याप्ती आयुर्वेदिक औषधी विक्री भइरहेको छ । त्यस्ता औषधी अनुमति प्राप्त आयुर्वेदिक औषधालयले मात्र विक्री गर्न पाउने प्रावधान छ । 
    तर, यसको नियमन हुन नसक्दा एलोपैथिक औषधी पसलले खुलेआम आयुर्वेदिक औषधी विक्री गर्दै आईरहेका छन । जसकारण औषधी व्यवस्था विभाग तथा सम्बन्धित निकायमा विधिवत दर्ता गरी संचालनमा रहेका आयुर्वेदिक औषधी पसल संचालक मारमा पर्ने गरेका छ ।  
    सप्तरी सदरमुकाम राजविराजमा मात्रै एलोपैथिक औषधी पसलको संख्या तीन दर्जन भन्दा बढी छ । त्यस मध्ये अधिकांशले आयुर्वेदिक औषधी विक्री वितरण गर्ने गरेको पाइन्छ । 
    स्थानीय रमेश साहले प्रक्रिया पु¥याएर अनुमति पत्र लिएर मात्र कुनै पनि औषधी विक्री गर्न पाईने कानुनी व्यवस्था रहेको बताए । उनले नियम विपरित गर्ने गरेको कार्यमा प्रशासनले अनुगमन गरेर नियन्त्रणमा लिनु पर्ने बताए । 
    राजविराजमा झण्डै ८ वटा आयुर्वेदिक औषधी पसल दर्तामा छन् । प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय सप्तरीका प्रमुख डा. शिवशंकर यादवले जिल्लाभरमा करिब एक भन्दा बढी आयुर्वेद औषधालय पसल दर्तामा रहेको जानकारी दिए । उनले एलोपैथिक पसलेले आयुर्वेदिक औषधी बेच बिखन गर्न नपाउने ब्यवस्था रहेपनि केही पसलेले यसको पालना नगरेको बताउँदै यस सम्बन्धमा औषधी ब्यवस्था विभागले नै आवश्यक निगरानी र कारवाही गर्नु पर्ने बताए ।
    औषधी ब्यवस्था विभागबाट केही दिन अघि मात्र यहाँका औषधी पसलहरुको अनुगमन गरिएको थियो ।  विभागका प्रमुख फार्मेशी अधिकृत टेकेन्द्र मिश्रको नेतृत्वमा अनुगमन टोली आउने बित्तिकै नगर क्षेत्रका अधिकांश औषधी पसल बन्द गर्दै संचालक सम्पर्कविहीन बनेका थिए ।
    अधिकृत मिश्रले केही औषधी पसलमा समस्या र बिकृती रहेको भन्दै अब मापदण्ड बिपरित कार्य गर्ने औषधी पसलमा छड्के अनुगमन गर्नुका साथै कडाईका साथ अघि बढ्ने जनाए । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
सप्तरीबाट जनमत पार्टीको २ जना प्रदेशसभा सदस्यमा निर्वाचित, एकले बहालवाला मन्त्रीलाई अर्कोले हराए पूर्वमन्त्रीलाई
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काँग्रेसद्वारा बिटौरी जग्गाको समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुवाको हत्या गर्ने छोरा जेल चलान
बुवाको हत्या गर्ने छोरा जेल चलान
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
मुलुकमा राजनीतिक अस्थिरता  ल्याउनेहरु सक्रिय ः अध्यक्ष त्रिपाठी
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
पत्रकार यादव अनुसन्धानका लागि पक्राउ, प्रहरी हिरासतमा लडेपछी उपचारका लागि बिराटनगर रेफर
वडा अध्यक्षको घरबाटै मोटरसाईकल चोरी
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती प्रतियोगिता सुरु
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ