दैनिक समाचारदाता
राजविराज, २६ पुस ।
सगरमाथा साझा नेपाल यातायात प्रालिको प्रथम साधारण सभाले चयन गरेको कार्य समितीका पदाधिकारीहरुले मंगलबार सपथग्रहण गरेका छन् ।
प्रालिका कानुनी सल्लाहकार अधिवक्ता डोमन साहले एक कार्यक्रमबीच अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ गराएका हुन् ।
यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठित समितिको अध्यक्षमा शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन भएको थियो ।
गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् । यस्तै सदस्यहरुमा अशोक साह, अशोक यादव, सत्य नारायण महतो छानिएका छन् ।
पहिलो बैठकले सवारी साधानलाई व्यवस्थित ढंगले संचालन तथा यातायात व्यवसायीको हक हितका लागी विभिन्न ३ बुंदे निर्णय गर्नूका साथै कार्य समितीको रिक्त रहेको सदस्य पदमा अर्जून कुमार गौतमलाई मनोनित गरेको सो प्रालिले जनाएको छ ।
समितीका नवनिर्वाचित पदाधिकारीहरुद्वारा सपथ
सारांश
- प्रालिका कानुनी सल्लाहकार अधिवक्ता डोमन साहले एक कार्यक्रमबीच अध्यक्षसहित सम्पूर्ण पदाधिकारीहरुलाई सपथ गराएका हुन् ।
- यातायात व्यवसायीको पेशागत हकहित तथा व्यवस्थित ढंगले यातायात संचालनका लागी गठित समितिको अध्यक्षमा शम्भु प्रसाद यादव (लाली) को अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिती चयन भएको थियो ।
- गठित समितीको उपाध्यक्षमा हरेराम यादव, सचिव शैलेन्द्र कुमार देव र कोषाध्यक्षमा श्रीलाल शर्मा सर्वसम्मतले चयन भएका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
प्रतिक्रिया
० प्रतिक्रिया