बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 

राजविराज राजविराज
|
बिहिबार, माघ ५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
बसले ठक्कर दिदा साइकल यात्रुको मृत्यु, बिरोधमा स्थानियद्वारा राजमार्ग अवरुद्ध 

सारांश

  •     पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा बुधवार साँझ हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा नजिकै ना.
  • ५ ख.
  • ६७२ नम्बरको गजराज ट्राभल्सले ठक्कर दिंदा सोही वडा निवासी ६० वर्षिय साइकल यात्रु सत्यनारायण विश्वासको मृत्यु भएको हो ।

दैनिक समाचारदाता
राजविराज, ४ माघ । 

    सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका सडक खण्डमा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा एक साइकल यात्रुको घटनास्थलमै मृत्यु भएको छ । 
    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत उक्त सडकखण्डमा बुधवार साँझ हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहा नजिकै ना. ५ ख. ६७२ नम्बरको गजराज ट्राभल्सले ठक्कर दिंदा सोही वडा निवासी ६० वर्षिय साइकल यात्रु सत्यनारायण विश्वासको मृत्यु भएको हो । 
    विराटनगरबाट सिरहाको माडरतर्फ हिडेको उक्त बस बजार क्षेत्रमा पनि तिब्र गतिमा रहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने बस र चालक सिराहाको माडर निवासी ३५ वर्षिय रामप्रकाश पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यता दुर्घटनापछि आक्रोशित स्थानीयवासीले करीब डेढ घण्टा सो सडक खण्ड अबरुद्ध पारेका थिए । 
    मृतक परिवारलाई आवश्यक क्षति पूर्ति दिलाउने तथा चालकलाई कानून बमोजिम कार्वाही गरिने स्थानीय प्रशासनको आश्वासन पछि आवागमन सूचारु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?