rajbiraj dainik
epaper

खोज्नुहोस

  • गृहपृष्ठ
  • स्थानिय समाचार
  • मधेश प्रदेश
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • खेलकुद
  • विचार/लेख
  • स्वास्थ्य/विज्ञान
  • अन्य
  • सम्पादकीय

ताजा खबर

  • हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
  
आरक्षको चरा महोत्सव आजदेखि शुरु 2070/10/15 दैनिक संवाददाता राजविराज, १४ माघ । कोशी टप्पु वन्य जन्तु आरक्षको आयोजनामा बुधवारदेखि १४ औं कोशी टप्पु चरा महोत्सव शुरु भएको छ । ‘‘सिमसार र कृषि अन्तिम साझेदार” भन्ने मुल नाराका साथ माघ १५ गतेदेखि शुरु भएको उक्त महोत्सव माघ २१ गते सम्म सञ्चालन हुने कोशी टप्पु वन्यजन्तु आरक्षले जनाएको छ ।... विस्तृत
तीनसय भन्दा बढी बाख्राहरुलाई पीपीआर भ्याक्सिन लगाइयो 2070/10/14 दैनिक संवाददाता राजविराज, १३ माघ । सप्तरीको पंसेरा गाविसमा तीन सय भन्दा बढी बाख्राहरुमा निःशुल्क पीपीआर रोग बिरुद्धको भ्याक्सिन लगाइएको छ । सप्तरीको पंसेरा गाविसमा रहेको बिभिन्न सामुदायिक संस्थाहरुमार्फत हुँदै आएको बाख्रापालनमा पीपीआर रोगले क्षति पु¥याउन थालेपछि पशु सेवा केन्द्र कड्रबोनाको सहयोगमा वातावरण संरक्षण केन्द्र हर्दिया सप्तरीले बाख्राहरुमा पीपीआर रोग बिरुद्धको भ्याक्सिन लगाएको हो ।... विस्तृत
रायपुरका टुहुरा बालबालिकालाई आर्थिक सहयोग जुट्दै 2070/10/14 दैनिक संवाददाता राजविराज, १३ माघ । बुबा आमा गुमाएका सप्तरीको नकटी रायपुर गाविसका सातजना टुहुरा बालबालिकाहरुलाई बिभिन्न संघसंस्था तथा ब्यक्तिहरुले सहयोग प्रदान गर्दै आएका छन् । यसैक्रममा सोमवार आमा बुवा गुमाएका ती बालबालिकालाई काठमाण्डौको धापासी ग्रिनल्याण्ड निवासी माया शेर्पाले जिल्ला प्रहरी कार्यालय सप्तरीमार्फत पठाएको नगद रु. ५० हजार प्रदान गरिने सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो । ... विस्तृत
चोरीका चार दर्जन भन्दा बढी सवारी साधन प्रहरीको नियन्त्रणमा 2070/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । बिगत पाँच महिनाको अबधीमा जिल्ला प्रहरी कार्यालय सप्तरीले चार दर्जन भन्दा बढी चोरीका सवारी साधन नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुरु गरेको बिशेष चेकजाँचको क्रममा भारतबाट चोरी गरी नेपाली नम्बर प्लेट लगाएर चलाउँदै आएको अवस्थामा जिल्लाको बिभिन्न स्थानबाट चोरीका सवारी साधनहरु पक्राउ गरेको हो ।... विस्तृत
नगरपालिकालाई स्ट्रेचर र फायरसुट प्रदान 2070/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । राजविराज नगरपालिका कार्यालयलाई रोटरी क्लब डिस्ट्रिक (३२९२) नेपाल भुटान संस्थाले आइतवार स्टे«चर र आगो निभाउने व्यक्तिले प्रयोग गर्ने फायरसुट प्रदान गरेको छ । राजविराज नगरपालिका कार्यालयमा आयोजित सामग्री बितरण कार्यक्रममा रोटरी क्लबको तर्फबाट राजविराज नगरपालिकाका पुर्वमेयर शैलेश चौधरीले नगरपालिकाका प्रमुख बिष्णु प्रसाद गुरुङलाई एक थान स्ट्रेचर र १० सेट आगो निभाउने ब्यक्तिहरुले प्रयोग गर्ने फायरसुट प्रदान गर्नुभयो । ... विस्तृत
सप्तरी उद्योग बाणिज्य संघको महासचिवमा साह बिजयी 2070/10/13 दैनिक संवाददाता राजविराज, १२ माघ । आफ्ना चार जना प्रतिष्पर्धाहरुलाई उछिन्दै सप्तरी उद्योग बाणिज्य संघको महासचिवमा अनन्त लाल साह निर्वाचित भएको छ । आइतवार सम्पन्न मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी बिश्वनाथ दासलाई ८९ मत अन्तरले पराजित गर्दै साहले बिजयी हासिल गरेका हुन् । नवनिर्वाचित साहले ३ सय ३५ मत ल्याएका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी दासले २ सय ४६ मत प्राप्त गर्नुभयो । ... विस्तृत
निजी विद्यालयहरुको योगदानलाई राज्यले सम्मान गर्न सकेन् ः अध्यक्ष राणा 2070/10/12 राजविराज÷एनप्याबसनका केन्द्रिय अध्यक्ष तथा सभासद् गिता राणा क्षेत्रीले नीजि विद्यालयहरुले शैक्षिक जनशक्ति उत्पादनका लागि पु¥याएको योगदानलाई राज्यले सम्मान गर्न नसकेको बताउनु भएको छ । एनप्यावसन सप्तरीको चौथो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै अध्यक्ष राणाले नीजि विद्यालयहरुले नेपाली र अंग्रेजी दुबै भाषामा अध्ययन अध्यापन मार्फत शैक्षिक जनशक्ति उत्पादन गर्दै आएकाले त्यसको बिरोधले कुनै असर नपार्ने बताउनुभयो । ... विस्तृत
प्रहरी र हात्ती पीडितबिच झडप, प्रहरी सहित डेढ दर्जन घाईते 2070/10/12 राजविराज÷सप्तरीको बरमझियामा शनिवार प्रहरी र हात्ती पीडित स्थानियबासी बिच भएको झडपमा आधा दर्जन प्रहरी र एक दर्जन स्थानियबासीहरु घाईते भएका छन् । कोशी टप्पु बन्यजन्तु आरक्षबाट आउने हात्तीहरुले सप्तरीको फत्तेपुर, कमलपुर, पिप्रापूर्व, जगतपुर, कञ्चनपुर, बदगामा, बरमझिया, बैरवा र भारदह लगायतका गाविसहरुमा आंतक मच्चाउँदै आउँदै आएको भन्दै चक्काजाम गर्न खोजेका स्थानिय हात्ती पीडित र प्रहरीबीच झडप भएको हो । ... विस्तृत
राजनीति माफियाका कारण मुलुकमा विकास हुन नसकेको ः महासचिव देव 2070/10/11 दैनिक संवाददाता राजविराज, १० माघ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव तथा सभासद् जितेन्द्र नारायण देवले राजनीति माफियाका कारण मुलुकमा बिकास हुन नसकेको बताउनुभएको छ । सभासद्को रुपमा सपथ लिएरपछि पहिलो पटक गृह जिल्ला आउनुभएका देवले शुक्रवार राजविराजमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो निहीत स्वार्थका लागि मुलुकमा रहेको राजनीतिक माफिया नै देशको बाधक रहेको बताउनुभएको हो । ... विस्तृत
स्मृति दिवसमा स्व. सिंहको योगदान बारे चर्चा 2070/10/11 दैनिक संवाददाता राजविराज, १० माघ । नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष तथा मधेशका प्रणेता स्व. गजेन्द्र नारायण सिंहको १२ औं स्मृति मधेशबादी दलहरुले एउटै मञ्चमा मनाएका छन् । बिभिन्न मधेशबादी दलहरु मिलेर गठन गरेको मधेशी मोर्चा सप्तरीको आयोजनामा जिविस सभाहलमा आयोजित स्मृति दिवसमा मधेशवादी दलका नेताहरुले मधेश र मधेशीका अधिकारका लागि स्व. सिंहले खेलेको भुमिका बारे चर्चा गरेका छन् । ... विस्तृत
उद्योग बाणिज्य संघको महासचिव र सदस्य पदका लागि आज निर्वाचन हुदै 2070/10/11 दैनिक संवाददाता राजविराज, १० माघ । सप्तरी उद्योग बाणिज्य संघको एक जना महासचिव र ६ जना सदस्य पदका लागि आज निर्वाचन हुने भएको छ । संघको अध्यक्ष, दुबै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र महिला सदस्य पदमा निर्विरोध निर्वाचित भएपछि बाँकी महासचिव र कार्यसमिति सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । ... विस्तृत
सहमति कार्यान्वयन नभए नेसपा (गजेन्द्रवादी) ले आन्दोलन गर्ने 2070/10/10 दैनिक संवाददाता राजविराज, ९ माघ । सरकारसँग भएको सहमति कार्यान्वयन नभए आफ्नो पार्टी आन्दोलनमा उत्रिने नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) का अध्यक्ष विकास तिवारीले बताउनुभएको छ । सो पार्टीद्वारा राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तिवारीले सरकारका तर्फबाट ऊर्जा विज्ञान तथा वातावरण र सिँचाइ मन्त्री उमाकान्त झा र आफूबीच गत २०७० वैशाख ४ गते भएको सहमति कार्यान्वयन गर्न माग गर्नुभयो ।... विस्तृत
३० लाख बराबरको गा“जा खेती फडान 2070/10/10 दैनिक संवाददाता राजविराज, ९ माघ । इलाका प्रहरी कार्यालय रुपनीले ठूलो मात्रामा गाँजा खेती फडान गरेको छ । इलाका प्रहरी कार्यालय रुपनीका सई सुरेन्द्र खेडवारको नेतृत्वमा गएको टोलीले करिब ३० लाख बराबरको गाँजा खेती फडान गरेको हो ।... विस्तृत
अख्तियारको टोली जिविसमा 2070/10/09 दैनिक संवाददाता राजविराज, ८ माघ । सप्तरीको विभिन्न गाविसमा अनियमितता भएको भन्दै अख्तियार अनुसन्धान आयोगको एक टोली बुधबार जिल्ला विकास समितिको कार्यालय सप्तरीमा अनुसन्धान सुरु गरेको छ । गोकुल निरौलाको नेतृत्वमा आएको तीन सदस्यीय टोलीले सो अनुसन्धान सुरु गरेको श्रोतले जनाएको छ । ... विस्तृत
औद्योगिक क्षेत्रमा उद्योगहरु खुल्ने क्रम बढ्यो 2070/10/08 दैनिक संवाददाता राजविराज, ७ माघ । सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा उद्योग धन्दा सञ्चालन हुने क्रम बढ्ेको छ । औद्योगिक क्षेत्रमा अहिले महालक्ष्मी खाद्य उद्योग, कृष्णा खाद्य उद्योग र पदमा ज्योति प्लाष्टिक उद्योग सञ्चालनमा रहेको औद्योगिक क्षेत्रका निमित प्रमुख मो. बरि हुसैनले जानकारी दिनुभयो । ... विस्तृत
सप्तरीका सम्पूर्ण गाविसको परिषद् सम्पन्न ९६ गाविसको लिखित तथा १८ को मौखिक 2070/10/08 दैनिक संवाददाता राजविराज, ७ माघ । जिल्ला विकास समिति सप्तरीले आफ्नो कमजोरीलाई लुकाउन गाउँ परिषद्को निर्णय पुस्तिका नबुझाएका गाविसहरुले पनि मौखिम रुपमा परिषद् सम्पन्न गरेको जानकारी दिएको छ ।... विस्तृत

 

  • 1
  • ...
  • 542
  • 543
  • 544
  • 545
  • 546
  • 547
  • 548
  • ...
  • 570

ताजा अपडेट

  • 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
  • 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ 
  • 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
  • 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
  • 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
  • 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै 
  • 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन  गरे उचित हुने ः डा. राउत
  • 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
  • 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
  • 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय

अन्तर्राष्ट्रिय समाचार

  • 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
  • 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
  • 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी 
  • 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
  • 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको  अफगान पूर्वराष्ट्रपति घानीको भनाइ

प्रकाशक : नवीनकुमार गुप्ता (९८५२८२०५८४), सम्पादक : अनिलकुमार अनल 

कार्यालय फोन नं. : ०३१-५३०७६८, इमेल : rajbirajdainik@gmail.com, बिज्ञापनका लागि सम्पर्क नं. (९८०३२८३११५)

© Rajbiraj Dainik 2012 - 2020 . All Rights Reserved.