दैनिक समाचारदाता
राजविराज, १९ फागुन ।
सप्तरीमा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित मोटरसाइकल चालक गरि तीन जना घाईते भएका छन् ।
जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न. ३ गौरास्थित भित्रि सडक खण्डमा प्र.२–०१–००१ ह ०७३४ न.को सिटि रिक्साले पैदल यात्री ६५ वर्षिया मैनाबत्ति राउतलाई ठक्कर दिएको हो ।
वाटो काट्ने क्रममा राउतलाई ठक्कर दिदा टाँउकोमा चोट लागेको तथा उनलाई उपचार कालागि स्थानिय जिवन ज्योति अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
सिटि चालक सोही नगरपालिका ५ निवासी ३३ वर्षिय रामा प्रसाद मण्डल उपचारमा सलंग्न रहेको तथा सिटि रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै बिहीबारै जिल्लाको बलान बिहुल गाउँपालिका २ चन्ही चोक हुलाकि सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र.२–०१–००१ प ८१८७ न. को मोटरसाइकलले बिपरित दिशाबाट आउँदै गरेको साईकल यात्री सोही गाउँपालिका ६ सेहरा बस्ने २२ वर्षिय दिपेश कुमार रामलाई ठक्कर दिएको छ ।
ठक्करबाट रामको टाउँको र हातमा चोट लागेको तथा मोटरसाइकल चालक बोदेबरसाईन ३ मधुवन बस्ने २६ वर्षिय रामकिशोर यादवको समेत टाउको र खुट्टामा चोट लागेकोले दुबैको स्थानिय क्लिनिकमा उपचार भइहरेको छ । प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएको छ । प्रहरीले दुबै घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सवारी दुर्घटनामा एक महिलासहित तीन जना घाईते
सारांश
- जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न.
- ३ गौरास्थित भित्रि सडक खण्डमा प्र.
- २–०१–००१ ह ०७३४ न.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया