आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २५, २०७९
|
|
२० पटक हेरिएको
Shares
आगलागिमा ९ लाख मुल्य बराबरको क्षति, गाउँपालिकाद्वारा राहत बितरण

सारांश

  •     स्थानिय दशनलाल बातरको गाईगोठमा बालिएको घुरबाट सल्लेको आगोले छोराहरु राजकुमार सरदार, जितन सरदार र सोमन सरदारको घर जलेर नष्ट भएको स्थानियवासीले जनाएका छन् ।
  •       उक्त आगलागीबट सिमेन्टको पिलर र जस्ताले छाएको १ वटा गाई गोठ, २ वटा घर र घर भित्र रहेको लताकपडा, भाडाकुडा, काठपात, अन्नपात, पानी तान्ने मोटर, १५ तोला चाँदी गरि ९ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
  •       नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्थानियबासी र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो ।

दैनिक समाचारदाता
राजविराज, २४ फागुन । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मा मंगलबार भएको आगलागिमा ९ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । सो आगलागिमा नगद ३३ हजारसहित चार घर जलेर नष्ट भएको हो । 
    स्थानिय दशनलाल बातरको गाईगोठमा बालिएको घुरबाट सल्लेको आगोले छोराहरु राजकुमार सरदार, जितन सरदार र सोमन सरदारको घर जलेर नष्ट भएको स्थानियवासीले जनाएका छन् । 
    उक्त आगलागीबट सिमेन्टको पिलर र जस्ताले छाएको १ वटा गाई गोठ, २ वटा घर र घर भित्र रहेको लताकपडा, भाडाकुडा, काठपात, अन्नपात, पानी तान्ने मोटर, १५ तोला चाँदी गरि ९ लाख मुल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  
    नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाल, स्थानियबासी र हनुमाननगर कंकालिनी नगरपालिकाको दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो । 
    यसैबीच गाउँपालिकाबाट बुधबार अग्निपीडित परिवारलाई राहत बितरण गरिएको छ । प्रत्येक परिवारलाई चामल २५ किलो, चिउरा २ किलो, मुरही ५ किलो, साडी, लुंगि, त्रिपाल, भुजिया, साबुन, तन्ना, लगायतका सामाग्रि बितरण गरिएको हो । 
    सो अवसरमा गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डल, वडा अध्यक्ष हरिनाराण मण्डल तथा विपद् व्यवस्थापन अधिकृत राजेश झाको उपस्थिती रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह