म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते

राजविराज राजविराज
|
मंगलबार, चैत्र १४, २०७९
|
|
४१ पटक हेरिएको
Shares
म्याजिकले बसलाई ठक्कर दिदा तीन जना तथा  अन्य सवारी दुर्घटनामागरि ६ जना घाइते

सारांश

  •     पछिल्लो पटक मंगलबार जिल्लाको कंचनरुप नगरपालिका ८ बेरियरस्थित ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको कार्यालय आगाडि पुर्व पश्चिम लोकमार्गमा म्याजिकले बसलाई ठक्कर दिाद म्याजिक चालकसहित तीन जना घाइते भएका छन् ।
  •       पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को.
  • १ज.

दैनिक समाचारदाता
राजविराज, १४ चैत ।  

    सप्तरीको विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा परि ६ जना घाइते भएका छन् । 
    पछिल्लो पटक मंगलबार जिल्लाको कंचनरुप नगरपालिका ८ बेरियरस्थित ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीको कार्यालय आगाडि पुर्व पश्चिम लोकमार्गमा म्याजिकले बसलाई ठक्कर दिाद म्याजिक चालकसहित तीन जना घाइते भएका छन् । 
    पश्चिमबाट पूर्वतर्फ आउदै गरेको को.१ज.२८९४ नं. को म्याजिकले बिपरित दिशातर्फ जादै गरेको को.१ख.४९९८ नं. को बसलाई ठक्कर दिदाँ दुबै सवारीमा सवार तीन जना घाइते भएका हुन् । 
    घाइते हुनेमा म्याजिक चालक जिल्लाकै कंचनरुप ८ बस्ने २५ वर्षिय अशोक कुमार मण्डलको टाउँको र शरिरको विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । यस्तै म्याजिकमा सवार स्थानिय ४० वर्षिय मुरालि पासवान र बसमा सवार सुनसरीको रामधुनि नगरपालिका २ बस्ने ७ वर्षिय आर्यान सरदार रहेका छन् । 
    तीनै जनाको एमडिएस अस्पताल रुपनगरमा उपचार भईरहेको तथा बस, बस चालक र म्याजिक प्रहरीले नियन्त्रणमा लिएको छ । 
    यस्तै सोमबार जिल्लाको हनुमाननगर कंकालिनि नगरपालिका ३ पोर्ताहस्थित राजमार्गमा पश्चिमबाट पुर्वतर्फ जादै गरेको प्र.१–०१–००१५प.४९२४ न. को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइकल चालक घाइते भएका छन् । 
    घाइते हुनेमा झापाको हरिबारि गाउँपालिका ३ बस्ने ३९ वर्षिय खगेन्द्रप्रसाद लिम्बु रहेको प्रहरीले जनाएको छ । उनको बाँया खुटामा चोट लागेकोले भारदह अस्पतालमा उपचार पश्चात थप उपचारका लागि धरान पठाइएको प्रहरीले जनाएको छ । 
    यस्तै सोमबारै राजबिराज नगरपालिका २ स्थित पुर्वबाट पश्चिम तर्फ आईरहेको ना.७ख. १८४१ नं.को ट्रकले तेतरीगाछीस्थित दोबाटोमा उत्तरबाट पुर्वतर्फ मोडिने क्रममा प्र.२–०१–००३प. ८५७२ नं.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । 
    घाइते हुनेहरुमा मोटरसाइकल चालक सप्तरीकै विष्णुपुर १ थलही बस्ने २३  वर्षिय सरिफ मन्सुर र पछाडी सवार तिलाठि कोइलाडी ८ बस्ने २२ वर्षिय छोटु मन्सुरी रहेका छन् । दुबै जनाको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले  दुई स्थानमा ग्राम उद्योग बन्ने
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विटौरी जग्गाको रोक्का प्रक्रिया रोकिदा नगरवासी समस्यामा 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय 
समितिको पहिलो बैठक सम्पन्न 
समितिको पहिलो बैठक सम्पन्न 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
ज्येष्ठजनसँग आशिष थाप्दै जुडशितल पर्व मनाईयो 
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
छोरीको जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
जोखिम न्युनिकरणका लागि बाढी पूर्व सूचना प्रणाली महत्वपूर्ण
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
चोरी शिकारीका आरोपितलाई पुनः पक्राउ गरी अनुसन्धान सुरु
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट