दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरी जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २२ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए । चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८१ पुगेको छ ।
विषादी सेवन गर्नेको संख्या सप्तरी जिल्लामा विगत दुई महिनादेखी निकै बढ्दै गएको छ । विभिन्न घरायसी विवाद, झगडा, श्रीमान श्रीमतीबीच विवाद लगायतका कारण विषादी सेवन तथा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कले देखाएको छ ।
विगत दुई साता यता जिल्लामा विषादी सेवन र झुण्डिएर चार महिला र दुई पुरुषले आत्महत्या गरेका छन् । यस्तै आत्महत्याको प्रयास गर्नेको संख्या ८ पुगेको छ । आत्महत्याको प्रयास गर्नेहरुमा १२ वर्षिय किशोरकिशोरीदेखी ८० तथा ७५ वर्षिय बृद्धबृद्धासम्म छन् ।
पछिल्लो पटक आइतबार पनि विष सेवनबाट एक जनाको ज्यान गएको छ । प्रहरीका अनुसार घरायसी विवादमा राजगढ गाउँपालिका ६ इनर्वा टोलका ३२ वर्षिय मो. इजरायलको विष सेवनबाट ज्यान गएको हो ।
विष सेवनबाट गम्भिर बिरामी परेका उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याइएकोमा अवस्थामा सुधार नदेखिएपछि थप उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पु¥याइएको थियो । जहाँ चिकित्सकले आवश्यक स्वास्थ्य परिक्षण पश्चात् उनलाई मृत घोषित गरे ।
यसअघि अघिल्लो दिन मात्र रुपनी गाउँपालिकामा श्रीमानसँग भएको घरायसी विवादमा तनावमा परेकी ५० वर्षिया सीतादेवी साहले आफ्नै कोठामा घाँटीमा पासो लगाई झुण्डिएर आत्महत्या गरेकी थिइन् ।
जिल्लामा दैनिकजसो आत्महत्याको घटना हुन थालेपछि सरोकारवाला चिन्तित भएका छन् । आत्महत्या गर्नेमा हरेक उमेर समूहका रहेपनि बढी युवा देखिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता समेत रहेका डिएसपी नरेशकुमार सिंह भनछन्, अभिभावकले घरको माहोल सहज बनाउनुका साथै आफ्ना सन्तान कता छन्, के गर्दैछन भनेर पर्याप्त ध्यान दिनुपर्ने जरुरी देखिएको छ ।
गरिबी, बेरोजगारी, प्रेम सम्बन्ध, शिक्षामा असफलता तथा ऋणको बोझ लगायतका कारणले पनि आत्महत्याका घटना बढेको तर्क दिँदै यसतर्फ बेलैमा ध्यान दिनु पर्ने कर्मचारीहरुको आधिकारी टे«ड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झाले आवश्यकता औल्याए ।
देशमा देखिएको आर्थिक मन्दी र त्यसले सृजित गरिएको मंहगी, बेरोजगारी, ऋणको बढ्दो भार लगायतको असर सोझै गरि खाने वर्गको मनोविज्ञानमा परेको उनी बताउँछन् । त्यसलाई समहाल्न नसक्दा कोहीले आत्महत्याकै बाटो रोज्न थालेको उनको भनाई छ ।
आत्महत्याको प्रयास गर्ने प्रबृतीलाई रोक्न राज्यसँगै परिवारका जिम्मेवार सदस्यले आ–आफ्ना स्थरबाट गम्भिर पहल गर्नु पर्ने आवश्यकता देखिएको अधिकांशको सुझाव छ ।
सप्तरीमा बढ्दो आत्महत्याका घटना, कतै विष सेवन त कतै झुण्डिएर आत्महत्या
सारांश
- जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेका थिए ।
- चालु आ.
- ब.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया