राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा

राजविराज राजविराज
|
मंगलबार, चैत्र ५, २०७५
|
|
६१ पटक हेरिएको
Shares
राजविराज नपा र तिलाठी कोइलाडी  गापाले स्वर्ण पदक बिजेता अजितलाई  ग¥यो पुरस्कार दिने घोषणा

सारांश

  •     सप्तरीको राजविराज नगरपालिका १२ विषहरिया निवासी हाल राजविराज वडा नं.
  • ३ मा बसोवास गर्दै आएका यादव तथा उनका परिवारलाई बिहानैदेखी बधाई दिनेहरुको ओइरो लाग्ने गरेको आमा सरिता यादवले बताईन् ।
  •       यता आइतबार हङकङ्गमा भएको तेश्रो एशीयाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल भएपछि उनलाई पुरस्कार दिन घोषणा समेत भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ५ चैत । 
    एशीयाली एथलेटिक्समा स्वर्ण पदक बिजेता राजविराजका अजित कुमार यादवलाई बधाई तथा पुरस्कारको ओइरो लाग्न थालेको छ । 
    सप्तरीको राजविराज नगरपालिका १२ विषहरिया निवासी हाल राजविराज वडा नं. ३ मा बसोवास गर्दै आएका यादव तथा उनका परिवारलाई बिहानैदेखी बधाई दिनेहरुको ओइरो लाग्ने गरेको आमा सरिता यादवले बताईन् । 
    यता आइतबार हङकङ्गमा भएको तेश्रो एशीयाली एथलेटिक्समा ऐतिहासिक स्वर्ण पदक हात पार्न सफल भएपछि उनलाई पुरस्कार दिन घोषणा समेत भएको छ ।
    प्रदेश २ सरकारले यादवलाई ५ लाख रुँपैया पुरस्कार स्वरुप दिने घोषणा गरेको भोलिपल्टै मंगलबार राजविराज नगरपालिकाको बसेको बैठकले यादवलाई सम्मान स्वरुप एक लाख एक रुँपैया दिने निर्णय गरेको प्रमुख शम्भु प्रसाद यादवले जानकारी दिएका छन् । 
    यस्तै मंगलबारै तिलाठी कोइलाडी गाउँपालिकाको बैठकले स्वर्ण पदक बिजेता यादवलाई ५१ हजार रुँपैया पुरस्कार दिने निर्णय गर्नुका साथै केही दिनमै एक भब्य कार्यक्रमको आयोजना गरि यादवलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिएका छन् । 
    सोही बैठकले प्रदेश २ स्तरिय भलिवल प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने ६ नं. गण शसस्त्र प्रहरी बल सप्तरीका खेलाडीहरुलाई जनही ११ हजार नगद पुरस्कार दिने निर्णय गरेको छ । 
    जिल्लाका सर्वसाधारण तथा खेलप्रेमीबीच पनि अजितको प्रदर्शनले खुशीयाली छाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
मेरो पहिलो बच्चा प्रशिक्षण सम्पन्न
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी  दिवसमा तीन प्रहरी पुरस्कृत
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 
कंचनरुपद्वारा दुई आर्थिक वर्षको वार्षिक कार्य प्रगति विवरण सार्वजनिक 
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
उपेक्षा गरेर कामकाज हुने गरेको भन्दै उपमेयरको  नेतृत्वको टोलीले फाँट फाँटमा बुझाए ध्यानाकर्षण पत्र
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बाबुआमाको एचआइभी एड्सबाट मृत्युपछि  छोरीपनि सोही समस्याले सिकिस्त 
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
बिरेन्द्र बजार–राजविराज  जोड्ने सडकको शिलान्यास
सरस्वतीले जन्माईन तिम्ल्याहा
सरस्वतीले जन्माईन तिम्ल्याहा
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित 
औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित